काठमाडौं,२३,पुस
एमालेले प्रदेशको अस्थायी राजधानी तोक्ने कार्य नगरी सरकार जनताको भावना भड्काउने खेलमा लागेको आरोप लगाएको छ । "/>

सरकारले प्रदेश राजधानी नतोकेर जनता भड्काउने काम गरेको एमालेको आरोप

सरकारले प्रदेश राजधानी नतोकेर जनता भड्काउने काम गरेको एमालेको आरोप

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२३,पुस
एमालेले प्रदेशको अस्थायी राजधानी तोक्ने कार्य नगरी सरकार जनताको भावना भड्काउने खेलमा लागेको आरोप लगाएको छ । सरकारले प्रदेश प्रमुखहरूलाई काठमाडौंमै शपथ गराउने गरी अस्थायी राजधानी नतोक्ने रणनीति अख्तियार गरे लगत्तै एमालेको उक्त प्रतिक्रिया आएको हो ।

प्रदेशको अस्थायी राजधानी नतोकिँदा प्रदेश संसद बैठक बस्ने भवनको तयारी, प्रमुखहरूको निवास, प्रदेश मन्त्रिपरिषद कार्यालय, सांसदहरूको शपथ लगायतका सबै प्रक्रियामा अन्योल बढ्ने एमालेको भनार्इ छ । यस्तो अन्योलसँगै साम्प्रदायिक विद्वेष भड्काउने खेलमा सरकार नियोजित रूपमा लागेको एमालेको आरोप छ । सरकार अस्थायी राजधानी तोक्ने दायित्वबाट च्युत हुँदै एउटा मन्त्रालयको कर्मचारी मार्फत आफ्ना कुरा बाहिर ल्याएर जनताको भावना भड्काउने, विद्वेष फैलाउने षड्यन्त्रमा लागेको छ,’ एमाले उपाध्यक्ष भीमबहादुर रावलले भने, ‘निर्वाचन अघि समय हुँदा सम्म हामीलाई यस्ता कुनै पनि विषयमा छलफल गर्ने उहाँहरूले आवश्यकता ठान्नु भएन, मन्त्रालयले प्रदेश राजधानीबारे कस्तो प्रतिवेदन बुझाएको छ, हामीलाई अहिले सम्म जानकारी पनि दिनु भएको छैन, यस्तो गैरजिम्मेवार सरकारले अब ताजा जनादेश अनुसार छिटो मार्ग प्रशस्त गरेर नयाँ सरकार गठनको बाटो खोल्ने गरी काम गरोस् भन्ने हाम्रो आग्रह छ ।

नयाँपत्रिकाबाट

Logo