काठमाडौं,२३,पुस
कानुनमन्त्री यज्ञबहादुर थापाले आगामी मन्त्रिपरिषद बैठकबाट सातै प्रदेश प्रमुख नियुक्त गर्ने बताएका छन् । "/>

प्रदेश प्रमुख भोलि तोकिने, राजधानी निर्णय प्रदेशसभाबाटै

प्रदेश प्रमुख भोलि तोकिने, राजधानी निर्णय प्रदेशसभाबाटै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२३,पुस
कानुनमन्त्री यज्ञबहादुर थापाले आगामी मन्त्रिपरिषद बैठकबाट सातै प्रदेश प्रमुख नियुक्त गर्ने बताएका छन् । माघ २४ गते राष्ट्रियसभा चुनाव तय भइसकेकाले सोमबार बस्ने मन्त्रिपरिषद्बाट प्रदेश प्रमुख तोकेर प्रादेशिक सांसदको शपथ गराउने सरकारी योजना उनले सुनाए । एकातिर अस्थायी प्रादेशिक राजधानीबारे उठिरहेका विभिन्न माग, अर्कातिर वाम गठबन्धनसँग असहमति । यस्तोमा सरकारले के गर्ने भन्ने विषयमा गृहकार्य गरिरहेको जानकारी मन्त्री थापाले दिए । ‘सहमति नभएको अवस्थामा सरकारले राजधानी बनाउने र नागरिकले भत्काउने कार्य ठीक हुँदैन,’ थापाले भने, ‘त्यसैले सोमबार सम्म सहमति जुटाउन कोसिस गर्छौंं । नजुटे प्रदेशको अस्थायी राजधानी तोक्दैनौं ।’

प्रदेश प्रमुखलाई राष्ट्रपतिले शपथ गराउने, प्रमुखले प्रदेशका ज्येष्ठ सांसदलाई र प्रदेश प्रमुखले प्रदेश सांसदलाई शपथ खुवाउने कार्य राजधानीमै हुन सक्ने जानकारी पनि कानुन मन्त्रीले दिए । सहमति भए प्रदेशको राजधानीमै शपथ खुवाउने थापाले बताए । सरकारले सहमतिका लागि के–कस्तो प्रयास गरिरहेको छ भन्ने जिज्ञासामा उनले वाम गठबन्धनका शीर्ष नेताहरूसँगै प्रधानमन्त्री सम्पर्कमा रहेको जानकारी दिए । प्रदेशका सांसदको बहुमतले तोकेको स्थानलाई प्रदेशको राजधानी बनाउने कुरा त संविधानमै रहेकाले सो प्रक्रिया पनि राजधानीमै हुन सक्ने थापाले बताए ।
अन्नपूर्णबाट

Logo