गोरखा,२३,पुस

नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले अबको पाँचबर्ष सम्म बामपन्थी बाहेकको सरकार असम्भव रहेको दाबी गरेका छन् । "/>

अबको पाँचबर्ष बामपन्थी बाहेकको सरकार असम्भव :नारायणकाजी

अबको पाँचबर्ष बामपन्थी बाहेकको सरकार असम्भव :नारायणकाजी

केन्द्रबिन्दु
0
Shares

गोरखा,२३,पुस

नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले अबको पाँचबर्ष सम्म बामपन्थी बाहेकको सरकार असम्भव रहेको दाबी गरेका छन् । गृहजिल्ला गोरखाका पत्रकारहरुसँगको भेटमा श्रेष्ठले बाम बाहेकको मिलिजुली सरकार ‘हल्ला मात्रै’ को संज्ञा दिएका छन् ।

‘तपाईँहरु मार्फत म प्रष्ट भन्न चाहन्छु बामपन्थी गठबन्धनको सरकार बाहेक पाँचबर्ष नेपालमा अरु कसैको सरकार बन्दैन’, श्रेष्ठले भने ‘यहाँ दुई प्रकारका जो प्रचारहरु भए, एकातिर अरु दुई पार्टीको सहयोग लिएर हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्ने भन्ने कुरा वा एमालेले माओवादीलाई अलग गरेर संघीय समाजवादी फोरमलाई लिएर सरकार बनाउने भन्ने कुरा । यी दुइटै गलत कुरा हुन् । अबस्तुवादी कुरा हुन् । यस्तो कुनै सम्भावना नै छैन ।’

वामपन्थी एकताका लागि चुनावमा जनताले बाम गठनबन्धनलाई म्याण्डेट दिएको भन्दै श्रेष्ठले जनादेश भन्दा बाहिर जाने कुरा कल्पना पनि गर्न नसकिने दाबी गरे । पार्टी एकताका लागि आइतबार (आज) बैठक बसेर थप अघि बढ्ने उनले जानकारी दिए । एमाले अध्यक्ष केपी शर्मा ओली उपचारका लागि विदेश नजाँदै सुझाव लिएर सोही अनुसार अघि बढ्ने उनले बताए ।
अन्नपूर्णबाट

Logo