काठमाडौँ, २२, पुस

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले अनपेक्षित हार बेहोरेपछि नेता रामचन्द्र पौडेल पक्ष युवा नेताहरू नेतृत्व प्रति खनिएका छन् । "/>

विशेष महाधिवेशन बोलाउनु पर्ने कांग्रेसका युवा नेताहरुको माग

विशेष महाधिवेशन बोलाउनु पर्ने कांग्रेसका युवा नेताहरुको माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २२, पुस

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले अनपेक्षित हार बेहोरेपछि नेता रामचन्द्र पौडेल पक्ष युवा नेताहरू नेतृत्व प्रति खनिएका छन् । उनीहरूले नेताहरू पौडेल, महामन्त्री शशांक कोइराला सहितका पदाधिकारी, संसदीय बोर्डका सदस्य र केन्द्रीय कार्य सम्पादन समितिका सदस्यहरूको कार्यशैली प्रति आपत्ति जनाएका छन् । दोस्रो तहका नेता नवीन्द्रराज जोशीको अगुवाइमा शुक्रबार भएको भेलामा दीपक गिरी, कमला पन्त, रामकृष्ण यादव, गुरु घिमिरे, गोविन्द भट्टराई, बद्री पाण्डे, कल्याण गुरुङ, जीवन परियार, किरण यादव, रत्ना शेरचन, धनराज गुरुङ, सरिता प्रसाईं, हृदयराम थानी लगायतले नेताहरूलाई गुनासो सुनाए ।

पार्टीले संघीयता अनुसार पार्टीको संरचना नबनाएको, भ्रातृ संस्थालाई निर्वाचनमा प्रभावकारी परिचालन नगरेको, गुटका आधारमा टिकट वितरण गरेको जस्ता कमजोरीले पार्टीले पराजय बेहोरेको भन्दै गम्भीर समीक्षा गर्न छिटो केन्द्रीय समिति, महासमिति र आवश्यक पर्दा विशेष महाधिवेशन बोलाउनु पर्ने माग समेत १४ नेताले गरेका छन् ।
नयाँपत्रिकाबाट

 

Logo