काठमाडौँ, २२, पुस
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राजनीतिक बैठकहरुमा सहभागी भएका छैनन् । प्रधानमन्त्री शेर बहादुर देउवाले डाकेको सर्वदलीय बैठकमा समेत उनी अनुपस्थित थिए । "/>

स्वास्थ्यमा सुधार आएपनि किन जाँदै छन् ओली बैंकक ?

स्वास्थ्यमा सुधार आएपनि किन जाँदै छन् ओली बैंकक ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २२, पुस
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राजनीतिक बैठकहरुमा सहभागी भएका छैनन् । प्रधानमन्त्री शेर बहादुर देउवाले डाकेको सर्वदलीय बैठकमा समेत उनी अनुपस्थित थिए । भावी प्रधानमन्त्रीका रूपमा हेरिएका ओलीको अस्वस्थताका कारण शीर्ष तहको बैठक पनि स्थगित हुन थालेपछि उनको स्वास्थ्य अवस्था बारे चासो बढेको छ । ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटघाट समेत स्थगित गरेका थिए ।

उनलाई के भएको छ भन्ने चासो बढेको छ । निर्वाचनको समयमा एकैदिन आधादर्जन जिल्लामा पुगेका ओली गत सोमबार देखि पेटमा गडबडी भएपछि घरमा नै आराम गरिरहेका छन् । ओलीका निजी चिकित्सक प्रा‍.डा. दिव्यासिंह शाहले पेटमा भएको गडबडीमा सुधार आइसकेको बताइन । प्रा‍.डा.शाहले भनिन्, उहाँको पेट अलि गडबडी भएको हो। अहिले ठिक छ।

डा. सिंहका अनुसार, तीन दिन अघि ओलीलाई कडा खालको डायरिया भएको थियो । औषधि सेवन पश्चात् ओलीको स्वास्थ्यमा क्रमशः सुधार भइरहेको छ। डा. सिंहले प्रेसक्राइब गरेको झाडापखालाको औषधि ओलीले सेवन गरिरहेका छन् ।झाडापखालाले दुई दिन सम्म सताएपछि उनले कार्यक्रमहरू पनि रद्द गर्दै आएका छन् । नयाँ सरकार गठनको प्रक्रिया पनि अवरुद्ध भएको कारण ओलीले यहि पुस २६ देखि ३० गते सम्म स्वास्थ्य जाँच गराउन बैंकक जाने भएका छन् ।
अन्नपूर्णबाट

Logo