पुस २६ देखि ३० गतेसम्म केपी ओली बैंककमा

पुस २६ देखि ३० गतेसम्म केपी ओली बैंककमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुस २६ गते बैंकक जाने भएका छन् ।

ओलीको निजी सचिवालयका अनुसार नियमित स्वास्थ्य परीक्षणका क्रममा ओली बैंकक जाने भएका हुन् ।

मृगौला प्रत्यारोपणपछि बैंककमा नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका ओलीलाई चिकित्सकले दिएको तालिका अनुसार यसअघि नै जानुपर्ने थियो ।

तर, चुनावका कारण जान नसकेका अध्यक्ष ओलीको भ्रमण पुस २६ देखि ३० सम्मका लागि तय भएको एमाले स्रोतले जनाएको छ ।

यसबीचमा नयाँ सरकार गठनको प्रक्रिया पनि अवरुद्ध भएको कारण ओलीले यहि अवधीमा स्वास्थ्य जाँच गराउन चाहेको स्रोतको दाबी छ ।

ओलीले कही दिनयता सार्वजनिक कार्यक्रम र भेटघाट बन्द गरेका छन् । उनले बिहीबारको सर्वदलीय बैठकमा समेत भीम रावल, सुवास नेम्वाङ, बिष्णु पौडेल लगायतका नेतालाई पठाएका थिए ।

Logo