प्रचण्डको उद्घोष- चितवन अब आर्थिक राजधानी

प्रचण्डको उद्घोष- चितवन अब आर्थिक राजधानी

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता 

काठमाडौँ, २१ पुस । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवन अब आर्थिक राजधानी बन्ने उद्घोष गरेका छन् । चितवन उद्योग संघको नवौं अधिबेशन उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले देशको मध्य भागमा नभएको सम्भावना चितवनमा उपलब्ध भएको भन्दै अब आर्थिक राजधानी बनाउने बताएका हुन् ।

‘चितवनमा पोल्ट्री व्यवसाय छ, दूध, तरकारी, तोरी, माछापालन, पशुपालनको सम्भावना अधिक छ ।  अन्यत्र यो सम्भावना छैन ।’ प्रचण्डले भने । सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले राजनीतिक क्रान्तिको फेज सकिएको भन्दै अब आर्थिक क्रान्तिको दशक शुरु भएको बताए ।

एक प्रसंगमा दाहालले चितवनलाई केन्द्रीय र प्रादेशिक राजधानी बनाउन पनि प्रयास गर्ने बताए ।

Logo