रुपन्देहीमा फेरि एमाले कार्यकर्ताको गोली हानी हत्या

रुपन्देहीमा फेरि एमाले कार्यकर्ताको गोली हानी हत्या

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता 

काठमाडौँ, २१ पुस । युवा संघका नेता दुर्गा तिवारीको हत्याको जिम्मेवारी लिएको समूहले फेरि अर्का एमाले कार्यकर्ताको हत्या गरेको छ । 

रुपन्देहीको देवदह नगरपालिका खैरहनीमा गोली प्रहार गरि स्थानीय ३८ वर्षीया वलु पौडेल (बसन्त) को हत्या गरेको हो । रुपन्देहीका प्रहरी नायव उपरीक्षक पवन कुमार भट्टराईका अनुसार मीलमा काम गरिरहेको अवस्थामा उनीमाथि गोली प्रहार भएको हो ।

उनको टाउँकोमा गोली लागेको थियो । उपचारको लागि अञ्चल अस्पताल बुटवल लगिएपनि उनको मृत्यु भइसकेको थियो । घटना लगतै स्थानीय पत्रकारलाई फोन गरि पुनको समुहले घटनाको जिम्मेवारी लिएको बताइएको छ  । 

यस अघि निर्माण ब्यबसायी गौचनको हत्यामा पनि मनोज पुन समूहकै संलग्नता पाईएको थियो ।

Logo