राजविराज , २१, पुस

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पछिल्लो राजनीतिक घटनाक्रमले संविधान संशोधनको आवश्यकता पुष्टि भएको बताए । "/>

संविधान संशोधन अपरिहार्य छ : उपेन्द्र यादव

संविधान संशोधन अपरिहार्य छ : उपेन्द्र यादव

केन्द्रबिन्दु
0
Shares

राजविराज , २१, पुस

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पछिल्लो राजनीतिक घटनाक्रमले संविधान संशोधनको आवश्यकता पुष्टि भएको बताए । सरकार गठनमा देखिएको संवैधानिक झमेलापछि तीनै दलका नेताले संविधान त्रुटिपुर्ण रहेको स्विकार्न थालेको भन्दै फोरम अध्यक्ष यादवले संविधान संशोधनको आफ्नो मुद्दा थप पुष्टि भएको बताए।

राजविराजमा बिहीवार फोरम जिल्ला समितीले निर्वाचित प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको लागि आयोजना गरेको सम्मान र बधाई कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष यादवले भने, संविधान त्रुटिपुर्ण भनेर सच्याउन माग गर्दा त्यतिबेला नसुनेका तीन ठुला दल अहिले आफुले खनेको खाल्डोमा आफैं परेका छन्। विश्वको कुनै पनि मुलुकमा यस्तो संविधान नबनेको जिकिर गर्दै उनले सरकार गठनमा संवैधानिक अडचन झेल्नु परेपछि ठूला दलका नेता समेत संविधान सच्याउनु पर्नेमा पुगेको बताए।

संशोधनको विकल्प नभएको बताउदै उनले भने, मुलुकको दीर्घकालिन राजनीतिक स्थिरताका लागि अब सवै दल मिलेर संविधान संशोधन गर्नुपर्छ । अध्यक्ष यादवले सरकार गठनमा भएको ढिलाईमा तीनै ठुला दलले जवरजस्ती लागु गरेको संविधान नै बाधक बनेको बताए । उनले मुलुकको हितका लागि सवै मिलेर संविधान संशोधन गर्नुको विकल्प नरहेको वताए ।
अन्नपूर्णबाट

Logo