झापा, २१, पुस
एमाले वरिष्ठ नेता झलनाथ खनालले एक व्यक्ति एक पदकै कारण पार्टी एकता र प्रधानमन्त्रीको नाम टुंगो लगाउने प्रक्रियामा गाँठो परेको बताएका छन् । "/>

पार्टी एकता एक व्यक्ति एक पदमा अड्कियो : खनाल

पार्टी एकता एक व्यक्ति एक पदमा अड्कियो : खनाल

केन्द्रबिन्दु
0
Shares

झापा, २१, पुस
एमाले वरिष्ठ नेता झलनाथ खनालले एक व्यक्ति एक पदकै कारण पार्टी एकता र प्रधानमन्त्रीको नाम टुंगो लगाउने प्रक्रियामा गाँठो परेको बताएका छन् । पार्टी एकताको प्रक्रिया प्याकेजमै टुंग्याउने प्रयासमा आफूहरु रहेको खनालले बताए ।

‘एक व्यक्ति एक पद चाहिँ भन्न मात्र सजिलो, कार्यान्वयन गर्न गाह्रो रहेछ,’ बिहीबार झापाको बिर्तामोडमा पत्रकारहरुसँग कुराकानी गर्दै वरिष्ठ नेता खनालले भने, ‘अहिले पनि यसैमा गाँठो परेको छ । तर जति नै गाँठो परे पनि फुकाइन्छ, सुपारी गाँठै भएपनि केही फरक पर्दैन ।’ एउटै व्यक्तिले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैै हुन खोजेकाले प्रक्रिया अल्झिएको खनालको आशय थियो । पार्टी एकीकरणका विषयमा दोस्रो र तेस्रो तहका नेता पनि सक्रिय रहेकाले अझ राम्रो लक्षण देखिएको खनालले बताए । यसले पार्टीलाई खँदिलो, सुदृढ र दिगो बनाउने खनालले विश्वास व्यक्त गरे ।

अब बन्ने नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ हुन सक्ने खनालले बताए । ‘हामी नेपाल कम्युनिष्ट पार्टीको नामबाट जन्मिएका थियौँ, पछि एमाले जोड्यौँ,’ उनले भने, ‘उहाँहरुले पनि माओवादी केन्द्र जोड्नु भयो, दुबै पार्टीको नामको पुच्छर काटिन्छन्, नयाँ नाम बन्छ ।’ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टी पनि सँच्चिएर आएमा स्वागत गर्न आफूहरु तयार रहेको उनले बताए ।
नयाँपत्रिकाबाट

Logo