काठमाडौं,२०,पुस
जनताको बहुदलीय जनवाद (जबज) को च्याटर क्लोज र एमाले अध्यक्ष केपी शर्मा ओली तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वाम एकतापछि सन्यास लिनु पर्ने विचारलाई लिएर एमाले नेताहरु बीच सामाजिक सञ्जालमा हिलो छ्यापाछ्याप भइरहेको छ । "/>

कामकुरो एकातिर एमाले युवा नेता जुहारीतिर !?

कामकुरो एकातिर एमाले युवा नेता जुहारीतिर !?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२०,पुस
जनताको बहुदलीय जनवाद (जबज) को च्याटर क्लोज र एमाले अध्यक्ष केपी शर्मा ओली तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वाम एकतापछि सन्यास लिनु पर्ने विचारलाई लिएर एमाले नेताहरु बीच सामाजिक सञ्जालमा हिलो छ्यापाछ्याप भइरहेको छ ।

एमालेले मार्गदर्शक सिद्धान्तका रुपमा स्वीकारेको मदन भण्डारीबाट प्रतिपादित जबजलाई वाम एकतासँगै परिमार्जन गर्ने तर्क एकथरी नेताले राखेका छन् । तर अर्काथरीले जबज नै एमालेको मार्गदर्शक सिद्धान्त भएकाले यसलाई अझ उन्तत बनाउने भन्दै च्याप्टर क्लोजको कुरा गर्नु नै अनुपयुक्त भनेका छन् ।

एमालेका सचिव एवम् पार्टी प्रचार विभाग प्रमुख योगश भट्टराई, पोटिव्युरो सदस्य विष्णु रिमाल तथा केन्द्रीय सदस्य एवम् प्रचार विभाग उपप्रमुख सूर्य थापा लगायत नेताहरु बीचको जुहारी अहिले एमाले वृत्त र सामाजिक सञ्जालमा छरपष्ट भएको छ । एमाले सचिव भट्टराईले केही दिनअघि सार्वजनिक कार्यक्रममै पार्टी अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पार्टी एकताको घोषणा गरेपछि सक्रिय राजनीतिबाट सन्यास लिएर दक्षिण अफ्रिकी अश्वेत नेता नेल्शन मण्डेला बन्न सुझाव दिएका थिए ।
अन्नपूर्णबाट

Logo