काठमाडौं,१८,पुस
प्रदेश सभामा समानुपातिक सिट पाएका १३ मध्ये ६ दलको उम्मेदवार छनोट नमिलेको भन्दै निर्वाचन अयोगले सच्याउन पत्राचार गरेको छ । "/>

समानुपातिक सूची नमिलाएका दललाई आयोगको पत्राचार

समानुपातिक सूची नमिलाएका दललाई आयोगको पत्राचार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,१८,पुस
प्रदेश सभामा समानुपातिक सिट पाएका १३ मध्ये ६ दलको उम्मेदवार छनोट नमिलेको भन्दै निर्वाचन अयोगले सच्याउन पत्राचार गरेको छ । उम्मेदवारको क्रमसंख्या नमिलाई पठाएको, एउटा समुदायको कोटामा अर्को समुदायको व्यक्ति पठाएको भन्दै आयोगले सोमबार दलहरूलाई तीन दिन भित्र सच्याउन पत्रचार गरेको छ । कांग्रेस, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी, राप्रपा, जनमोर्चा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले क्लस्टर नमिलाएर उम्मेदवारको सूची पठाएको आयोगले जनाएको छ ।

कांग्रेसले पठाएको सूचीमा जनजाति कोटाबाट पठाउनु पर्ने महिलाको कोटामा मुस्लिम समुदायको पुरुषलाई पठाएको छ । प्रदेश २ मा जनजाति महिलाको कोटाबाट शोभा लामालाई पठाउनु पर्नेमा मुस्लिमबाट शेखर रसिद अलीको नाम सिफारिस गरेको छ । लामाले आयोगमा प्राथमिकता सूची र क्लस्टरवाइज निर्वाचित गर्न आग्रह गर्दै निवेदन नै दिएकी छन् । प्रदेश १ मा खसआर्य महिला कोटाबाट शान्ता पौडेलको पहिलो नम्बरमा नाम भए पनि तेस्रो नम्बरकी सीतादेवी पौडेललाई पठाएको छ । त्यसैगरी थारू र दलित पठाउनु पर्नेमा मुस्लिम वा अन्य समुदाय पठाएको पनि आयोगका जनाएको छ । महिलाको अनुपात पनि मिलाइएको छैन ।

यस्तै साना दलको पनि समस्या उस्तै समस्या देखिएको छ । प्रदेश १ बाट समानुपातिकमा एक सिट पाएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले महिला पठाउनु पर्ने कोटामा पुरुष पठाएको छ । आयोगले एक सिट पाएको अवस्थामा महिला अनिवार्य पठाउनु पर्ने व्यवस्था गरे पनि मञ्चले पुरुष तर्फ एक नम्बरमा भएका कुमार लिङ्देनको नाम पठाएको छ ।
नयाँपत्रिकाबाट

Logo