काठमाडौं,१८,पुस
नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच एकीकरण प्रक्रिया चलिरहँदा नाम, नेतृत्व, सिद्धान्त र सांगठनिक संरचना परिवर्तन हुने संकेत देखिएको छ । "/>

बाम एकताःसिद्धान्त, नेतृत्व र नाम परिवर्तन हुँदै !

बाम एकताःसिद्धान्त, नेतृत्व र नाम परिवर्तन हुँदै !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,१८,पुस
नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच एकीकरण प्रक्रिया चलिरहँदा नाम, नेतृत्व, सिद्धान्त र सांगठनिक संरचना परिवर्तन हुने संकेत देखिएको छ । पार्टी एकीकरणपछि पुराना दुवै नाम परिवर्तन गरी ‘नेपाल कम्युनिस्ट पार्टी’ राख्ने देखि एमालेको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ र माओवादीले अपनाउँदै आएको ‘माओवाद’ दुवै परिवर्तन गरी नयाँ सिद्धान्त बनाउने विषय सम्ममा छलफल सुरु भएको छ ।
एमाले उपमहासचिव घनश्याम भुसालले जनताको बहुदलीय जनवाद र माओवाद दुवैलाई तत्काल थाती राखेर नयाँ सैद्धान्तिक नीति बनाउनु पर्ने प्रस्ताव अघि सारिसकेका छन् । एमालेको ‘जबज’ ले अर्धसामन्ती र अर्धऔपनिवेशिक मुलुकमा शान्तिपूर्ण तथा लोकतान्त्रिक विधि सहित गरिने क्रान्ति र माओवादीको ‘माओवाद’ ले पनि अर्धसामन्ती–अर्धऔपनिवेशिक मुलुकमा गरिने सशस्त्र क्रान्तिको कल्पना गरेकाले यी दुवैको कार्यभार सम्पन्न भइसकेको उनको विश्लेषण छ ।
नागरिकबाट

Logo