काठमाडौं,१८,पुस
निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचन अगावै प्रतिनिधिसभाको समानुपातिक तर्फको परिणाम सार्वजनिक गर्न कानुनी अड्चन रहेको पुनः दोहोर्या‍एको छ । "/>

किन सार्वजनिक भएन समानुपातिक मतपरिणाम ?

किन सार्वजनिक भएन समानुपातिक मतपरिणाम ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,१८,पुस
निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचन अगावै प्रतिनिधिसभाको समानुपातिक तर्फको परिणाम सार्वजनिक गर्न कानुनी अड्चन रहेको पुनः दोहोर्या‍एको छ । आयोगले मत परिणाम सार्वजनिक गर्न ढिलार्इ गरेको विषयमा लिएर ताकेता गर्न पुगेका वाम गठबन्धनका नेताहरूसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले यस्तो कुरा बताएका हुन् । एमाले र माओवादी नेताहरु सम्मिलित टोली आयोगमा पुगेर मत परिणाम सार्वजनिक नगर्दा प्रतिनिधिसभा अपुरो र सरकार निर्माणको बाटो नै अवरूद्ध बनेको अवगत गराएका थिए । जनादेशको सम्मान गर्दै सरकार गठनका लागि बाटो खोल्न वाम गठबन्धनका नेताले आयोगसँग संयुक्त आग्रह गरेका छन् ।

राष्ट्रिय सभाको निर्वाचनका लागि अनावश्यक रुपमा समय तन्काएर फागुनमा मात्रै सत्ता हस्तारण गर्न सरकारले षड्यन्त्र गरेको प्रति वाम गठबन्धनले आयोगको ध्यानाकर्षण पनि गराएका थिए । प्रमुख आयुक्त यादवले आयोगले यसमा छलफल गरेर अगाडि बढ्ने जनाएको एमाले नेता सुवास नेम्वाङले बताए ।
अन्नपूर्णबाट

Logo