गुरु घिमिरे लगायत सात युवा नेताद्वारा कांग्रेस महासमितिको माग

गुरु घिमिरे लगायत सात युवा नेताद्वारा कांग्रेस महासमितिको माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १७ पुस । नेपाली कांग्रेसले प्रतिनिधि तथा प्रदेश सभाको चुनाव सकिएको महिना दिन बितिसक्दा पनि कुनै बैठक राख्न सकेको छैन ।
शीर्ष नेताहरुले चुनावको हारसँगै भाबी कार्यदिशा र आत्मालोचना नगरेको अवस्थामा पार्टीका युवा नेताले महासमितिको बैठकका लागि विज्ञप्ती जारी गरेका छन् ।

ऐतिहासिक चुनाव सकिएको महिना दिन बितिसक्दा पनि नेपाली कांग्रेसका सात जना युवा नेताले सयुंक्त महासमितिको बैठकको आव्हान गर्दै विज्ञप्ती निकालेका हुन् ।

सात जना युवा नेतामध्येका गुरु घिमिरेले भने ‘नेपाली कांग्रेसले अहिलेसम्म ऐतिहासिक काम गर्दै आयो तर, यो चुनावमा नराम्रो हार बेहोर्नु पर्‍यो । यसको कुनै मूल्याङ्कन भएन त्यसैले नेतृत्वलाई दबाब दिन महासमितिको बैठकका लागि विज्ञप्ती जारी गरेका हौं ।’

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको नेपाली कांग्रेसले गत महिना भएको प्रतिनिधि तथा प्रदेश सभा चुनावमा नराम्रो हार बेहोरेको थियो । तर, पार्टीका शीर्ष नेताहरुले कुनै पनि बैठक नबोलाएपछि युवा नेताले विज्ञप्ती जारी गरी शीर्ष नेतालाई दबाब दिएका हुन् ।

‘नेपाली कांग्रेसमा महाधिवेशन भएको वर्ष बाहेक हरेक वर्ष महासमितिको बैठक बस्दै आएको छ । तर, विगत दुई वर्षसम्म महासमितिको बैठक बस्न नसकेकाले हामीले नेतृत्वलाई दबाब दिएका हौं ।’ युवा नेता गुरु घिमिरेले बताए ।

नेता गुरु घिमिरेले भने, ‘अब पार्टीले महासमितिको बैठक बसेर आगामी कार्ययोजना, भाबी चुनावको तयारी, चुनावमा भएको कमीकमजोरी लगायतका बारेमा छलफल गर्नुपर्ने जोड दिएका छन् ।’

Logo