प्रचण्ड निवास पुगेर बाबुरामले के कुराकानी गरे ?

प्रचण्ड निवास पुगेर बाबुरामले के कुराकानी गरे ?

केन्द्रबिन्दु
0
Shares

कठमाडौं, १६ पुस ।

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले आइतबार बिहान प्रचण्ड निवास खुमलटार पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसित भेटवार्ता गरेका छन् । दुई नेताबीच करिब एक घण्टा कुराकानी भएको थियो ।

स्रोतका अनुसार, उक्त भेटवार्तामा समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको थिएको ।

स्रोतअनुसार, दुई नेताबीच प्रतिनिधिसभा निर्वाचित भएकोमा बधाई साटासाट भएको थियो । भट्टराईले गोरखा प्रतिनिधिसभा क्षेत्र नम्बर २ र प्रचण्डले चितवन क्षेत्र नम्बर ३ बाट विजयी भएचुनाव जितेका थिए ।

गोरखा–२ मा भट्टाईसँग माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ चुनाव लडेका थिए भने बामगठबन्धनका तर्फबाट प्रचण्ड र एमाले अध्यक्ष केपी ओली र गोरखा पुगेर श्रेष्ठको चुनावी सभालाई सम्बोधन गरेका थिए ।

दुई नेताबीच चुनावपछि भेट भएको यो पहिलो भेट हो । यसअघि प्रचण्ड र भट्टराईबीच प्रकाश दाहालको निधन हुँदा मंसिर ३ गते भेट भएको थियो ।

असोज १७ गते वाम गठबन्धनको घोषणा हुँदा भट्टराईबीच सँगै रहँदा पछि भागबण्डामा कुरा नमिल्दा भट्टराईले कांग्रेससँग मिलेर गोरखा २ मा नारायणकाजी श्रेष्ठ विरुद्ध चुनाव लडेका थिए ।

बाबुराम पत्नी हिसिया यमीले प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अबस्था जान्न भेटघाटका लागि तयारी गरेकी थिइन् । यही क्रममा बाबुराम दम्पती प्रचण्डको नयाँ निवास पुगेर भेट गरेको बताइएको छ ।

स्मरणीय छ, भट्टराईले केही दिन पहिले प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीलाई बालटकोटमा भेटेका थिए । उनले आज फेरि प्रचण्डलाई भेट्नुलाई अर्थपूर्ण मानिएको छ ।

Logo