काठमाडौं,१६, पुस
प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रत्यक्षतर्फको आधिकारिक परिणाम घोषणा भएको एक महिना बित्दा पनि कांग्रेसले सत्ता हस्तान्तरण गर्नुको साटो सर्त थप्दै गएपछि सरकारको नेतृत्व गर्न पर्खिरहेको एमाले आक्रोशित बनेको छ । "/>

कांग्रेसको अलोकतान्त्रिक गतिविधिले पराकाष्ठा नाघ्यो :ज्ञवाली

कांग्रेसको अलोकतान्त्रिक गतिविधिले पराकाष्ठा नाघ्यो :ज्ञवाली

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,१६, पुस
प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रत्यक्षतर्फको आधिकारिक परिणाम घोषणा भएको एक महिना बित्दा पनि कांग्रेसले सत्ता हस्तान्तरण गर्नुको साटो सर्त थप्दै गएपछि सरकारको नेतृत्व गर्न पर्खिरहेको एमाले आक्रोशित बनेको छ । कांग्रेस कार्य सम्पादन समितिको शुक्रबार राति बसेको बैठकले सत्ता हस्तान्तरणका लागि राष्ट्रियसभा निर्वाचन सम्पन्न हुनु पर्ने अघोषित सर्त तेस्र्याए पछि एमाले सशंकित बनेको हो। सत्ता हस्तान्तरण गर्न राष्ट्रियसभा अध्यादेश स्वीकृत हुनु पर्ने अडान लिएको कांग्रेसले शुक्रबार राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण गरे लगत्तै सर्त थपेको हो।

एमाले सचिव प्रदीप ज्ञवालीले कांग्रेसको अलोकतान्त्रिक गतिविधिले पराकाष्ठा नाघेको बताए। ‘निर्वाचनको पराजयबाट लजाएको कांग्रेसको अलोकतान्त्रिक गतिविधिले पराकाष्ठा नाघेको छ, उनले भने, ‘कांग्रेसले यस्ता कदम सच्याउँदै सत्ता हस्तान्तरणको बाटो सहज नबनाए जनताले शान्तिपूर्ण विद्रोह गर्न सक्छन् ।

ज्ञवालीले शर्मनाक हारले लजाएको बेला कांग्रेसले ताजा जनादेशको अवमूल्यन गरेकोमा दुःख व्यक्त गरे । कांग्रेसले अध्यादेश स्वीकृत हुना साथ सत्ता परित्यागको प्रतिबद्धता गरेकोमा अहिले पुनः राष्ट्रियसभा निर्वाचन पछि सत्ता छाड्छु भन्नु केही दिन टिक्ने दाउ मात्रै भएको उनले बताए । ‘यस्ता नीति, निर्णयले कांग्रेसको अस्तित्व नै धराशयी हुनेछ, उनले भने।
अन्नपूर्णबाट

Logo