नेपालगन्ज,१६, पुस

पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो परिवार सहित भ्रमणका लागी पश्चिम क्षेत्रमा आएपछि राजसंस्था समर्थकहरु नेपालगन्जमा केन्द्रित भएका छन् । "/>

नेपालगन्जमा पूर्वराजा र कमल थापाको गोप्य भेट !

नेपालगन्जमा पूर्वराजा र कमल थापाको गोप्य भेट !

केन्द्रबिन्दु
0
Shares

नेपालगन्ज,१६, पुस

पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो परिवार सहित भ्रमणका लागी पश्चिम क्षेत्रमा आएपछि राजसंस्था समर्थकहरु नेपालगन्जमा केन्द्रित भएका छन् । पूर्वराजा ज्ञानेन्द्र आफ्नी पत्नी कोमल, बुहारी हिमानी र छोरी प्रेरणा सहित दुई हप्ता लामो भ्रमणका लागी बिहीबार अपरान्ह नेपालगन्ज आईपुगेका थिए।

पूर्वराजाको सचिवालयले भ्रमणलाई निजी रहेको बताएपनि ज्ञानेन्द्रले विभिन्न व्यक्तिसँग गरिरहेको भेटघाटबाट उनको आगमन प्रति थप आशंका पैदा गराएको विश्लेषण स्थानीय स्तरमा गर्न थालिएको छ । कारकाँदोमा रहेको होटल सोल्टीमा बस्दै आएका उनलाई भेटघाट गर्न उनका समर्थकहरु दिनहुँ नेपालगन्जमा केन्द्रित हुने गरेका छन्।
राजसंस्थाको पक्षमा खुलेरै वकालत गर्दै आएको राप्रपाका अध्यक्ष कमल थापा पनि शनिबार बिहान नेपालगन्ज आई दिउँसो भेटघाट गरेर राजधानी फर्किए। ‘पूर्वराजा भ्रमणका लागी आउनु र ठिक यही बेलामा राप्रपाका अध्यक्ष कमल थापा आएर भेट्नुलाई सामान्य रुपमा लिन सकिंदैन,’ एक विश्लेषकले भने। कार्यकर्ता भेटघाटको निहुँ पारेर नेपालगन्ज आएका उपप्रधामन्त्री समेत रहेका थापाले दिउँसो होटल सोल्टीमै पुगेर पूर्वराजालाई भेट गरेका थिए। दुबैबीच गोप्य भेटघाट भएको बताइएको छ । राप्रपाका केन्द्रिय सदस्य ऋषिराज देवकोटाले पूर्वराजा र अध्यक्ष थापाबीच गोप्य भेटघाट भएको जानकारी दिए । ‘उहाँहरुबीचको भेटघाट अत्यन्त गोप्य रह्यो,’ उनले भने।
नागरिकबाट

Logo