माओवादी नेता भन्छन्- ‘अबको प्रधानमन्त्री ओली पक्का’

माओवादी नेता भन्छन्- ‘अबको प्रधानमन्त्री ओली पक्का’

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता । 

काठमाडौँ, १५ पुस । नेकपा माओवादी केन्द्रका नेता  राम कार्कीले अबको प्रधानमन्त्री एमाले नेता अध्यक्ष केपी शर्मा ओली पक्का भएको बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा नेता कार्कीले चुनावमा होमिँदै गर्दा नै आफूहरुले अबको प्रधानमन्त्री एमाले अध्यक्ष ओली बन्ने भनेर नै प्राजेक्शन गरिसकेकोले यसमा कुनै द्धिविधा नभएको बताए । यद्धपी उनले ओलीले आफू बन्न नचाहँदा उहाँले चाहेको व्यक्ति नै प्रधानमन्त्री बन्न सक्ने विश्वास दिलाए ।

उनले भने,‘केपी ओलीजी प्रधानमन्त्री बन्दा प्रचण्डलाई पनि क्रुसियल वा पिभोटोल रोल दिईने समझदारी छ, त्यसै अनुरुप अघि बढ्छौं।’ कार्कीले आफूहरुवीच पद विशेषमा कुनै झगडा नहुने समेत जनाए । त्यस्तै उनले ओली र प्रचण्ड दुवै शीर्ष नेताहरु मुलुकको प्रधानमन्त्री र पार्टी अध्यक्ष भैसकेको व्यक्तित्व भएकोले उहाँहरु साधरण सदस्य भएर बसेपनि पार्टी नेतृत्वको अथोरेटी उहाँहरुमै हुने पनि स्पष्ट पारे । 

उनले आफूहरुको अर्को मुख्य ध्यान भनेको नेपाली कांग्रेसलाई पनि विश्वासमा लिएर अघि बढ्ने नै रहेको जनाए । अबको १५ दिनभित्रै वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठन हुने दाबी गरेका छन् । अबको १५ दिनभित्रै नयाँ सरकार गठन हुने बताएका हुन् । उनले भने,‘हामी सरकार निर्माणको गृहकार्यमा जुटिसकेका छौं, अब ढिलोमा १५ दिनभित्र नयाँ सरकार बन्छ, यसमा कुनै दुई मत छैन्।’

पूर्वमन्त्री समेत रहेका कार्कीले सरकार निर्माण गर्दा मुलुकमा यो माईलस्टोन सावित होस् भन्ने आफूहरुको चाहना रहेकोले सोही अनुसार अहिले गृहकार्य भैरहेको विश्वास दिलाए । उनले भने,‘विगतमा भएका कमीकमजोरीहरु सच्याउँदै हामी अब समाजवादको आधारलाई ध्यानमा राखेर काम गर्न केन्द्रित हुन्छौं, पार्टी एकताको मापदण्ड पनि समाजवादलाई परिभाषित गर्दै अघि बढने नै हो, जनतालाई शोषणबाट मुक्त गर्नु नै समाजवाद हो।’

उनले अब नेपालमा एमाले र माओवादी पार्टी भन्ने नै नरहेको जिकिर गरे । उनले भने,‘माओवादी र एमाले भन्ने कुरा अब रहेन, औपचारिक रुपमै जनताले केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको एकता अभियानलाई छाप लगाईसक्नुभएको छ।’

Logo