काठमाडौं,१५, पुस
पूर्व सभामुख एवं एमाले नेता सुवासचन्द्र नेम्बाङले प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भए लगत्तै प्रधानमन्त्री नियुक्ति प्रक्रिया सुरु गर्न सकिने संवैधानिक व्यवस्था भएको बताएका छन् । "/>

नयाँ सरकारका लागि राष्ट्रियसभा नचाहिने नेम्बाङको दाबी

नयाँ सरकारका लागि राष्ट्रियसभा नचाहिने नेम्बाङको दाबी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,१५, पुस
पूर्व सभामुख एवं एमाले नेता सुवासचन्द्र नेम्बाङले प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भए लगत्तै प्रधानमन्त्री नियुक्ति प्रक्रिया सुरु गर्न सकिने संवैधानिक व्यवस्था भएको बताएका छन् । संविधान निर्माणको नेतृत्वकर्ता नेम्बाङले विश्वभरिका संसदीय अभ्यासमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भए लगत्तै नयाँ सरकार गठनका लागि ढोका खुला हुने प्रचलन रहेको बताए । उनका अनुसार राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक अघि नै प्रधानमन्त्री निर्वाचन हुन सक्ने संवैधानिक व्यवस्था राखी संविधान निर्माण भएको छ ।
‘नयाँ प्रधानमन्त्री निर्वाचनका लागि संसद्को बैठक अनिवार्य छैन, राष्ट्रियसभाको त प्रधानमन्त्री निर्वाचनमा झन् कहीं कतै सरोकार हुन्न,’ नेम्बाङले सञ्चारकर्मीसँग भने, ‘निर्वाचन आयोगले समानुपातिकतर्फका विजयी उम्मेदवार घोषणा गरे लगत्तै नयाँ सरकार गठनको बाटो खुला हुने संवैधानिक व्यवस्था भएकाले कहीं कतै बाधा व्यवधान छैन ।’  यसअघि पनि संसद बैठक बस्नु अघि नै प्रधानमन्त्री निर्वाचन भएको नजिर बनिसकेको उनले दाबी गरे । ०४८ सालमा र जनआन्दोलन–२ पछि पुनस्र्थापित संसद्को पनि बैठक बस्नु अघि कांग्रेस नेता गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री नियुक्त भएको नजिर स्थापित भइसकेको उनले बताए ।
नागरिकबाट

Logo