दश वर्षे जनयुद्ध पनि शान्तिका लागि थियो- प्रचण्ड

दश वर्षे जनयुद्ध पनि शान्तिका लागि थियो- प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, १४ पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति, सुशासन र समृद्धि मुलुकको प्रमुख मुद्दा भएको बताएका छन् । 

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा उनले भने, “हामीले जनताका बीचमा गरेका स्थिरता, शान्ति, सुशासन र समृद्धिको प्रतिबद्धता मुलुकको मुख्य एजेण्डा हो ।” 

अध्यक्ष प्रचण्डले “अब देशलाई शान्ति, सुशासन र समृद्धिको यात्रामा अघि बढाउँछौँ” भन्दै “हामीले चलाएको दश वर्षे जनयुद्ध पनि शान्तिका लागि थियो, सुशासनका लागि थियो, विकासका लागि थियो, अहिले हामी त्यही संकल्पमा छौँ”, बताए । 

माओवादी प्रवक्ता पम्फा भुसालले राजनीतिक स्थायित्व र जनअपेक्षालाई सम्बोधन गर्न वाम गठबन्धन सफल रहने र त्यसका लागि नेकपा (माओवादी केन्द्र) प्रतिबद्ध भएर लागेको बताए । रासस

Logo