प्रमाणीकरण गरेकी छिन् । "/>

बहुप्रतिक्षित राष्ट्रिय सभा निर्वाचन अध्यादेश प्रमाणीकरण

बहुप्रतिक्षित राष्ट्रिय सभा निर्वाचन अध्यादेश प्रमाणीकरण

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता । 

काठमाडौँ, १४ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुप्रतिक्षित राष्ट्रिय सभा निर्वाचन अध्यादेश प्रमाणीकरण गरेकी छिन् ।  राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण गरेको पुष्टि गरे । 

राष्ट्रियसभाको निर्वाचन कुन विधिबाट गर्ने भन्नेमा राजनीतिक सहमति नजुट्दा विधेयक प्रमाणिकरणमा ढिलाइ भएको थियो । एकल संक्रमणीय व्यवस्थाअनुसार राष्ट्रियसभा गठन गर्ने  अध्यादेशमा उल्लेख छ  । एमालेले बहुमतीय संक्रमणीय व्यवस्थाअनुसार राष्ट्रियसभा गठन गर्नु पर्ने माग राख्दै आएको थियो  । 

तर एमालेले ग्रीन सिग्नल दिएपछि राष्ट्रपतिले आज अध्यादेश प्रमाणिकरण गरेकी हुन्  । अध्यादेश प्रमाणिकरण भएसंगै राष्ट्रिय सभा गठन र नयाँ सरकार गठनको समेत बाटो खुलेको छ ।

Logo