काठमाडौँ, १४, पुस
राष्ट्रियसभा अध्यादेश तत्काल जारी गर्नु पर्ने माग गर्दै अधिवक्ता यज्ञमणि न्यौपानेले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् । "/>

अध्यादेश तत्काल जारी गर्नुपर्ने माग गर्दै सर्वोच्चमा रिट

अध्यादेश तत्काल जारी गर्नुपर्ने माग गर्दै सर्वोच्चमा रिट

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, १४, पुस
राष्ट्रियसभा अध्यादेश तत्काल जारी गर्नु पर्ने माग गर्दै अधिवक्ता यज्ञमणि न्यौपानेले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई महिना देखि रोकेको अध्यादेश तत्काल जारी गर्न माग गर्दै उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र निर्वाचन आयोग विरुद्ध रिट दर्ता गराएका हुन् । त्यस्तै उनले एमाले, माओवादी केन्द्र, काँग्रेस, र राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाएका छन्।

निवेदनमा राष्ट्रपतिले तत्काल अध्यादेश पारित गर्नुपर्ने, निर्वाचन आयोगले अध्यादेश पारित नभए सम्म समानुपातिकको अन्तिम नतिजा सार्वजनिक गर्न नहुने, अध्यादेश पारित नगरी प्रधानमन्त्रीको नियुक्ति प्रकृया अगाडि बढाउन नहुने लगायतका विषय रहेका छन् । रिटमा राष्ट्रलाई अपूरणीय क्षति हुने भएकाले राष्ट्रियसभाको निर्वाचनका लागि पेश भएको राष्ट्रियसभाको निर्वाचन सम्बन्धी अध्यादेश तत्काल पास गरी पाठइदिन माग गरिएको छ।
नागरिकबाट

Logo