काठमाडौँ, १४, पुस
राष्ट्रिय सभाको गठनमा देखिएको राजनीतिक जटिलताको गाँठो झन झन कसिएका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहीबार बिहान राष्ट्रपतिलाई भेट्न शीत्तल निवास पुगेका छन् । "/>

अध्यादेशमा यथाशिघ्र साझा बिन्दु पहिचान गरेर आउनुहोस् -राष्ट्रपति

अध्यादेशमा यथाशिघ्र साझा बिन्दु पहिचान गरेर आउनुहोस् -राष्ट्रपति

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, १४, पुस
राष्ट्रिय सभाको गठनमा देखिएको राजनीतिक जटिलताको गाँठो झन झन कसिएका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहीबार बिहान राष्ट्रपतिलाई भेट्न शीत्तल निवास पुगेका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रिय सभा गठनका लागि एकल संक्रमणीय व्यवस्था सहितको अध्यादेश राष्ट्रपतिकहाँ पठाएपछि बढेको जटिलताको हल खोज्न राष्ट्रपतिले प्रचण्डलाई शीत्तल निवास बोलाएकी हुन् ।

बिहीबार बिहान शीत्तल निवास छिरेका प्रचण्डलाई राष्ट्रपतिले डेढ घन्टा सम्म राखेर संविधान नपढी आफूखुसी गर्दै हिँडेर आफूलाई अफ्ठ्यारोमा पार्न खोजेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् । ‘तपाईँहरु पनि संवैधानिक प्रावधानलाई ख्याल नै नगरी निर्णय लिनुहुन्छ । दुवै हाउस गठन नभइ मैले कसरी संसद बोलाउन सक्छु’, राष्ट्रपतिको भनार्इ उधृत गर्दै स्रोतले भन्यो, ‘निर्वाचनको सबै परिणाम आइसकेको छैन । राष्ट्रिय सभा नबनेको अवस्थामा संसद बोलाउन सकिँदैन । दुवै हाउस नखुली बैठक डाक्न पनि मिल्दैन ।’

भेटका क्रममा राष्ट्रपतिले राष्ट्रिय सभा गठनका लागि पाँच दलको बैठक बसेर साझा बिन्दु पहिल्याएर आउन पनि प्रचण्डलाई आग्रह गरेकी छन् । राष्ट्रपतिले एकल संक्रमणीय र बहुमतीयको विवादको समाधानको लागि यथाशिघ्र विकल्प खोज्न पनि प्रचण्डलाई भनेकी छन् । ‘अध्यादेशमा यथाशिघ्र साझा बिन्दु पहिचान गरेर आउनुहोस् । राष्ट्र र जनताको जनमत प्राप्त दलहरुले यस्तो विधेयकमा अल्झनु राम्रो हुंँदैन’, प्रचण्डसँग राष्ट्रपतिको भनार्इ उधृत गर्दै राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले भने ।
अन्नपूर्णबाट

Logo