काठमाडौं, १३, पुस
सुनसरी–३ बाट प्रतिनिधिसभा निर्वाचनमा पराजय बेहोरेकी भगवती चौधरीले सर्वोच्च अदालतले न्याय नगरे आफू अन्तर्राष्ट्रिय अदालत धाउने बताएकी छिन् । "/>

सर्वोच्चले न्याय नदिए अन्तर्राष्ट्रिय अदालत जान्छु -भगवती चौधरी

सर्वोच्चले न्याय नदिए अन्तर्राष्ट्रिय अदालत जान्छु -भगवती चौधरी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १३, पुस
सुनसरी–३ बाट प्रतिनिधिसभा निर्वाचनमा पराजय बेहोरेकी भगवती चौधरीले सर्वोच्च अदालतले न्याय नगरे आफू अन्तर्राष्ट्रिय अदालत धाउने बताएकी छिन् । प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनबाट उम्मेदवार भएकी चौधरीले मत परिणाम बदर गरी पुनः मतगणनाको माग सहित सर्वोच्च अदालतको संवैधानिक इजलासमा मुद्दा दर्ता गराए पछि सो कुरा बताएकी हुन् । उनले भनिन् – ‘विजयकुमार गच्छदारले सत्ता र शक्तिको आडमा प्रशासनलाई आफ्नो हातमा लिएर धाँधली गर्दै निर्वाचन जित्नुभयो । मलाई सर्वोच्चले न्याय गरेन भने म अन्तर्राष्ट्रिय अदालत जान्छु। त्यसका लागि साथीहरूसँग सल्लाह भइरहेको छ।’

सुनसरी–३ बाट विजयी नेपाली कांग्रेसका विजयकुमार गच्छदार, निर्वाचन आयोग केन्द्रीय कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरी, सुनसरी–३ का निर्वाचन अधिकृतलाई विपक्षी बनाई चौधरीले मुद्दा दर्ता गराएको सर्वोच्चका प्रवक्ता नारायण पन्थीले जानकारी दिए । चौधरीले विपक्षी गच्छदारलाई प्रतिनिधिसभा सदस्यको शपथ नगराउनु, संघीय संसद्को पदधारण गरी कामकाज गर्न नदिनु, निर्वाचनसँग सम्बन्धित मतपत्र लगायतका सम्पूर्ण कागजात सुरक्षित राख्नु भन्दै सर्वोच्च अदालत (संवैधानिक इजलास सञ्चालन) नियमावली २०७२ को नियम १९ को उपनियम ४ बमोजिम आदेश जारी गर्न माग गरेकी छिन् । मंसिर २१ गते भएको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका उम्मेदवार उपप्रधानमन्त्री विजयकुमार गच्छदार ३ सय २१ मतले विजयी भएका थिए ।

नेपाल समाचारपत्रबाट

Logo