काठमाडौं,१२,पुस
एमाले माओवादी बीच एउटै कम्युनिस्ट केन्द्र निर्माण गर्ने गरी छलफल चलिरहँदा यो प्रक्रियाबाट अलग रहेका साना दुई कम्युनिस्ट पार्टीले अलग्गै पार्टी धुव्रीकरण र एकताको बहस चलाएका छन् । "/>

एक होलान त वैद्य र विप्लव ?

एक होलान त वैद्य र विप्लव ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,१२,पुस
एमाले माओवादी बीच एउटै कम्युनिस्ट केन्द्र निर्माण गर्ने गरी छलफल चलिरहँदा यो प्रक्रियाबाट अलग रहेका साना दुई कम्युनिस्ट पार्टीले अलग्गै पार्टी धुव्रीकरण र एकताको बहस चलाएका छन् । नयाँ जनवादी क्रान्तिको कार्यदिशालाई स्वीकार गर्ने, माओवाद मान्ने शक्ति बीच क्रान्तिकारी धुव्रीकरण र पार्टी एकता गर्ने निष्कर्षमा ती दुई साना पार्टी पुगेका हुन् ।

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा बीच पार्टी एकता र धुव्रीकरणका लागि छलफल सुरु भएको हो । चितवनमा यी दुवै पार्टीका शीर्ष नेताको बैठक बसेर एकताका लागि पहल गर्ने निर्णय समेत गरेका छन् । यी दुवै पार्टी माओवादी केन्द्रबाट विभाजन भएका हुन् ।

दोस्रो संविधानसभा बहिष्कार गरेका यी दुई पार्टी मध्ये वैद्यको पार्टीले भने गत स्थानीय तह र प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन ‘उपयोग’ को नीति अन्तर्गत प्रयोग गरेको थियो । तर चन्दको पार्टी नेकपाले भने चुनावलाई सशक्त बहिष्कारको नीति अवलम्बन गरेको थियो । पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै अब दुई पार्टी बीच एकता र धुव्रीकरणको पहल गर्ने निर्णय भएको बैठक पछि वैद्य र चन्दले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । चुनावी अवस्था सम्म देशमा राजनीतिक धुव्रीकरण बढेका कारण आफूहरूले पनि धुव्रीकरणको आवश्यकता महसुस गरेको नेताहरूले बताएका छन् ।
अन्नपूर्णबाट

Logo