काठमाडौं,१२,पुस
अबको एक सातामा प्रदेशसभाले पूर्णता पाउने निश्चित भए पनि निर्वाचनको अन्तिम परिणाम बुझाउने बारे भने केही कानुनी जटिलता देखिएको छ । "/>

पाउला त प्रदेशसभाले एक सातामा पूर्णता ?

पाउला त प्रदेशसभाले एक सातामा पूर्णता ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,१२,पुस
अबको एक सातामा प्रदेशसभाले पूर्णता पाउने निश्चित भए पनि निर्वाचनको अन्तिम परिणाम बुझाउने बारे भने केही कानुनी जटिलता देखिएको छ । प्रदेशसभा सदस्य निर्वाचन ऐन अनुसार निर्वाचन आयोगले अन्तिम परिणाम प्रदेश प्रमुखलाई बुझाउने व्यवस्था छ । तर अहिले सम्म प्रदेश प्रमुखको नियुक्ति भएको छैन । निर्वाचन आयोगले समानुपातिक सिट बाँडफाँट गरी दललाई एक साता भित्र समावेशी रूपमा सदस्य सिफारिसका लागि पत्राचार गरिसकेको छ । एक साता भित्र दलले सदस्य सिफारिस गरे पनि आयोग मत परिणाम बुझाउने अवस्था भने छैन ।
दलहरूले बढीमा अबको पाँच दिन भित्र सदस्य सिफारिस गर्नेछन् । निर्वाचन आयोगले उक्त नामावली समावेशी सिद्धान्त अनुसार भए वा नभएको अध्ययन पछि स्वीकृत गर्नेछ । र नामावलीमा नाम समावेश भएका उम्मेदवारलाई विजयी घोषणा गर्नेछ । नामावली परीक्षण लगायतका काममा आयोगले दलले सूची बुझाएपछि केही दिन लगाउने छ । कम्तीमा पनि उक्त अवधि सम्म प्रदेश प्रमुख नियुक्त भइसक्नु पर्नेछ । प्रदेशसभा सदस्य निर्वाचन ऐनको दफा ६०(८) मा निर्वाचित उम्मेदवारको नाम आयोगले प्रदेश प्रमुख समक्ष पठाई नामावली राजपत्रमा प्रकाशित गर्नु पर्ने व्यवस्था छ । आयोगले दलले पेश गरेको सूचीमा समावेश गरेका उम्मेदवार निर्वाचित भएको घोषणापछि नतिजा राजपत्रमा प्रकाशित गरी प्रदेश प्रमुखलाई बुझाउने कानुनी व्यवस्था छ ।
गोरखापत्रबाट

Logo