काठमाडौं,१२,पुस
सत्तारूढ सहितका प्रमुख राजनीतिक दल राष्ट्रिय सभा निर्वाचन अध्यादेश एवं सरकार गठन लगायतका विषयमा देखिएको गतिरोध अन्त्य गर्न उदासीन बनेका छन् । "/>

गतिरोध चिर्न प्रमुख दलहरु उदासीन किन ?

गतिरोध चिर्न प्रमुख दलहरु उदासीन किन ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,१२,पुस
सत्तारूढ सहितका प्रमुख राजनीतिक दल राष्ट्रिय सभा निर्वाचन अध्यादेश एवं सरकार गठन लगायतका विषयमा देखिएको गतिरोध अन्त्य गर्न उदासीन बनेका छन् । सरकार गठन, राष्ट्रिय सभा गठन निर्वाचन सम्बन्धी अध्यादेश, प्रदेश प्रमुख नियुक्ति, अस्थायी प्रदेश राजधानी लगायतका विषयमा उत्पन्न विवाद अन्त्य गर्न एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्र उदासीन देखिएका हुन् ।

गत १० र २१ मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रतिनिधिसभा समानुपातिक तर्फ बाहेक सबै निर्वाचन परिणाम आइसके पनि राष्ट्रिय सभा गठन सम्बन्धी कानुन अझै बनेको छैन । कानुन अभावमा सभा गठन, सरकार गठन लगायतका काम प्रभावित बन्दै गएको छ । सरकारले राष्ट्रपति समक्ष अध्यादेश जारी गर्न पठाए पनि दलहरू बीच विवादका कारण रोकिएर बसेको छ ।

प्रदेशसभातर्फ प्रत्यक्षको मतपरिणाम सबै आइसकेको छ भने समानुपातिकतर्फको प्रतिनिधि पठाउन निर्वाचन आयोगले एक साताको समय दिएर दलहरूलाई पत्राचार समेत गरि सकेको छ । तर सरकारले प्रदेश अस्थायी राजधानी नतोक्दा बैठकस्थलको टुंगो छैन । त्यसैगरी प्रदेश प्रमुख नियुक्ति नहुँदा प्रदेश सरकारको शपथ ग्रहण समेत प्रभावित हुन सक्ने देखिएको छ ।
राजधानीबाट

Logo