नयाँ पार्टी बनाउँदै गोपाल किराँती

नयाँ पार्टी बनाउँदै गोपाल किराँती

केन्द्रबिन्दु
0
Shares

काठमाडौं– माओवादी केन्द्रका नेता गोपाल किरातीले नयाँ पार्टी बनाउने अभियान सुरु गरेका छन् । अध्यक्ष पुष्पकमल दाहाल एमालेसँग पार्टी एकतामा केन्द्रित भएपछि किरातीले नयाँ पार्टी गठन गर्न अघि सरेका छन् ।

तत्काल पार्टी महाधिवेशन आयोजनाको माग गर्न यो ‘आठौं महाधिवेशन समूह’ निर्माण भएको छ । पार्टी केन्द्रीय सचिवालय सदस्य गोपाल किरातीको अध्यक्षतामा सम्पन्न उक्त भेलाले नयाँ पार्टी बनाउने निर्णय गरेको हो । उनलाई विश्वभक्त दुलाल ‘आहुती’लगायतले साथ दिएका छन् ।

किराती समूहले माओवादी क्रान्तिकारीहरुको स्वाभिमान रक्षा तथा महान जनयुद्धको उच्च सम्मान, आन्तरिक एकता र नयाँ आधारमा जनसम्बन्ध सुदृढिकरण गरि महान समाजवादी क्रान्तिमा अघि बढ्न आठौं पार्टी महाधिवेशन आयोजनाको पक्षमा अन्तसम्मै अन्तरपार्टी दुईलाईन संघर्ष गर्ने जनाएको छ । ‘तर, माओवाद र पहिचानको मुद्दा धरापमा पारेर कसैले हाम्रो पार्टीलाई दक्षिणपन्थमा विलय गर्दछ भने त्यससित सम्बध विच्छेद गरि आफ्नो सर्वहारावर्गीय स्वतन्त्रतामा पार्टी पुनर्गठन गरेर अघि बढ्न बाध्य हुनेछ,’ बैठकको निर्णयमा भनिएको छ ।

उक्त समूहले संघीय गणतन्त्र नेपालको २ नं. प्रदेशमा मधेस सरकार बनाउने तयारी भएकोमा स्वागत तथा समर्थन गर्दै आठौं महाधिवेशन समुह सोही अनुरुप ताम्सालिङ सरकार, किरात सरकार, लिम्बुवान सरकार, कोचिला सरकार एवं तमुवान सरकार, मगरात सरकार, थरुवान सरकार, खसान सरकार आदि स्वायत्त राज्य सरकार स्थापना गर्न संविधान संशोधन– संयुक्त आन्दोलन निर्माणको आह्वान गरेको छ ।

राष्ट्रिय महाधिवेशन आयोजनाको माग गर्दै मंसिर २२ गते नै पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ज्ञापन पत्र बुझाइएको थियो ।

 

Logo