नयाँ जनवादी क्रान्तिको तयारीमा वैद्यको जोड

नयाँ जनवादी क्रान्तिको तयारीमा वैद्यको जोड

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ११ पुस ।

नेकपा (माओवादी केन्द्र) का महासचिव मोहन वैद्यले माक्र्सवाद–लेनिनवाद–माओवादको सैद्धान्तिक पथप्रदर्शनमा नेपालमा नयाँ जनवादी क्रान्तिको तयारी गर्नु आजको कार्यभार भएको बताएका छन् ।

कम्युनिष्ट नेता माओ त्सेतुङको १२५औँ जन्म दिवसका अवसरमा आज प्रेस विज्ञप्ति जारी गर्दै नेता वैद्यले क्रान्तिलाई अगाडि बढाउनका लागि माओले देखाएको बाटामा दृढतापूर्वक अगाडि बढ्न आह्वान गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, “सिंगोे विश्वका साथै नेपालमा पनि क्रान्तिका लागि साम्राज्यवाद र दक्षिणपन्थी संशोधनवादद्वारा भीषण अवरोध तथा चुनौती तेस्र्याइएका छन् । यस प्रकारको कार्यभार वहन गर्नका लागि माओ दिवसले हामीलाई विशेष ऊर्जा र उत्प्रेरणा प्रदान गर्दछ ।”

माओले चीनमा मात्र होइन विश्वक्रान्तिकै निम्ति सैद्धान्तिक हतियार प्रदान गरेको उल्लेख गर्दै वैद्यले उनको ऐतिहासिक योगदान सबैका लागि अविस्मरणीय रहेको जनाएका छन् । रासस

Logo