चितवनबाट प्रचण्ड फर्के अब देउवाको पालो !

चितवनबाट प्रचण्ड फर्के अब देउवाको पालो !

केन्द्रबिन्दु
0
Shares

चितवन ।

पाँच दिन लामो चितवन बसाई सकेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज काठमाडौं फर्कदैँछन् । यसैबीच नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा भने आज नै चितवन जाने भएका छन् ।

नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठका अनुसार प्रधानमन्त्री देउवा सौराहामा क्षेत्रीय होटल संघले आयोजना गरेको हात्ती महोत्सवको उद्घाटन गर्न चितवन जाने भएका हुन् ।

सरकार गठन र राष्ट्रिय सभा अध्यादेशको अन्योल कायमै रहेका बेला देशका प्रधानमन्त्री र पूर्व प्रधानमन्त्री चितवन आउजाउ गर्न थालेको प्रति केही नेताहरुले असन्तुष्टि जनाएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शुक्रबार चितवन पुगेका थिए । प्रचण्डले शनिबार भैरहवामा भएका कार्यक्रमलाई सम्बोधन गरेका थिए । त्यस्तै आइतबार र सोमबार जिल्लाका विभिन्न कार्यक्रममा सहभागी भए । दाहाल चितवन क्षेत्र नं. ३ बाट निर्वाचित सासंद हुन् ।

कार्यक्रम सकेर शनिबार नै राजधानी फर्कने बताएका प्रचण्डको चितवन पाँच दिनको बन्यो । उनको यो बसाइलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।

Logo