बहुमतीयबाट पछि हट्दै दाहाल, ओलीमाथि दबाब

बहुमतीयबाट पछि हट्दै दाहाल, ओलीमाथि दबाब

केन्द्रबिन्दु
0
Shares

काठमाडौं– वाम गठबन्धनका एकजना शीर्ष नेता पुष्पकमल दाहाल नै राष्ट्रिय सभा गठन सम्बन्धि अध्यादेश एकल संक्रमणीय निर्वाचन प्रणालीबाटै टुंग्याउन सकारात्मक भएका छन् ।

गठबन्धनका अर्का नेता एमाले अध्यक्ष केपी शर्मा ओलीले बहुमतीयको अडान लिइरहँदा दाहाल लचिलो भएका छन् । यसले विवाद लामो समय रहन नहुने बताउँदै एमालेमाथि दबाब बढाएको छ । अध्यादेश रोकेर राख्दा राष्ट्रपति पनि अप्ठेरोमा पर्न थालेको र निर्वाचन परिणाम घोषणादेखि नयाँ सरकार गठन प्रक्रियामा समेत विलम्ब हुन थालेको उल्लेख गर्दै छिटो टुंग्याउनेतर्फ लाग्नुपर्ने माओवादीको धारणा छ ।

स्रोतका अनुसार प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले अध्यादेश टुंग्याएर निर्वाचन परिणाम सार्वजनिक गर्ने बाटो खुला गर्न दाहाललाई सुझाव दिएका छन् ।

बहुमतीय प्रक्रियामा गए कांग्रेसका एक जना पनि आउदैनन्। एक जना पनि नहुने अवस्था त्यति राम्रो होइन,- दाहालले चितवनमा भने, बीचको बाटोबाटै समाधान गर्न मैले एमाले अध्यक्ष केपी ओलीसँग कुरा गरेको छु।

कांग्रेस नेतृत्वको सरकारले ल्याएको अध्यादेशमा राष्ट्रिय सभाको निर्वाचन एकल संक्रमणीय निर्वाचन प्रणालीबाट गर्ने उल्लेख छ। विगतको सहमतिविपरित कांग्रेसले यो प्रणाली ल्याएको भन्दै एमालेले बहुमतीय प्रणालीबाट राष्ट्रिय सभाको चुनाव गर्नुपर्ने अडान लिएको छ।

अध्यादेश रोके प्रधानमन्त्रीको राजीनामा नै अबरुद्ध हुने र गठबन्धनमा थप चलखेल हुने भन्दै एमालेका केही नेताहरुले अडानबाट पछि हट्न ओलीलाई सुझाव दिएका छन् ।

Logo