काठमाडौं,१०,पुस
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रिय सभा गठनको विवाद छिट्टै अन्त्य हुने बताएका छन् । उनले संविधानमा राष्ट्रिय सभाको गठन बारे ठोस कुरा उल्लेख नभएको हुनाले दलहरु बीच विवाद देखिएको बताए । "/>

राष्ट्रिय सभाको विवाद छिट्टै अन्त्य हुन्छ : प्रचण्ड

राष्ट्रिय सभाको विवाद छिट्टै अन्त्य हुन्छ : प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,१०,पुस
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रिय सभा गठनको विवाद छिट्टै अन्त्य हुने बताएका छन् । उनले संविधानमा राष्ट्रिय सभाको गठन बारे ठोस कुरा उल्लेख नभएको हुनाले दलहरु बीच विवाद देखिएको बताए । भरतपुर शुक्रनगरको प्रगति माविको ४७ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘सुरुमा दलहरुकै सहमतिमा एकल संक्रमणीय प्रणालीमा जाने समझदारी बनेको थियो ।

त्यही अनुसार ड्राफ्ट बन्यो । पछि कांग्रेसका नेताहरुका कारण बहुमतीय प्रस्ताव गयो । तर राष्ट्रिय सभामा प्रतिपक्ष र समावेशितालाई पनि ध्यान दिनु पर्छ । त्यसमा एमाले अध्यक्ष ओली र मेरो गम्भीर रुपमा नै कुराकानी भएको छ । राष्ट्रिय सभा गठन सम्बन्धि विवाद केही दिनमा अन्त्य हुन्छ ।’ भरतपुरमा आयोजित बुद्धिजीवीहरुको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले पार्टी एकतामा पार्टी भित्र कुनै समस्या नभएको दावी गरे । उनले पर्सि काठमाडौं गएपछि एकता समितिको बैठक बसेर पार्टी एकता प्रक्रिया अघि बढाउने बताए ।
नयाँपत्रिकाबाट

Logo