काठमाडौं,१०,पुस
नेपाल विद्यार्थी संघले राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश तत्काल प्रमाणीकरण गर्न माग गर्दै आइतबार प्रदर्शन गरेको छ। "/>

राष्ट्रियसभा गठन अध्यादेश प्रमाणीकरण गर्न माग गर्दै नेविसंघको प्रदर्शन

राष्ट्रियसभा गठन अध्यादेश प्रमाणीकरण गर्न माग गर्दै नेविसंघको प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,१०,पुस
नेपाल विद्यार्थी संघले राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश तत्काल प्रमाणीकरण गर्न माग गर्दै आइतबार प्रदर्शन गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठन अध्यादेश प्रमाणिकरणमा ढिलाइ गरेको भन्दै नेविसंघले दबाब स्वरुप प्रदर्शन गरेको हो। नेविसंघले दुई महिना अगाडि सरकारले पठाएको अध्यादेश स्वीकृत नगरिएको भन्दै प्रदर्शनीमार्ग स्थित विश्वभाषा क्याम्पसबाट सुरु गरेको प्रदर्शन पद्मोदय मोड, बागबजार चोक, पद्मकन्या क्याम्पस हुँदै रत्नपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो।

रत्नपार्कको कोणसभालाई नेविसंघ महामन्त्री कुन्दनराज काफ्ले, उपाध्यक्षहरु रामप्रसाद अधिकारी, डिल्लीराम सुवेदी, सहमहामन्त्री राजेश रौनियार, युवराज पाण्डे लगायतले सम्बोधन गरे। महामन्त्री काफ्लेले भने, ‘राष्ट्रपतिले कुनै दलको भनार्इको पछाडि लाग्नु भन्दा पनि संविधानलाई टेकेर निर्णय गर्नुपर्छ र तत्काल अध्यादेश प्रमाणीकरण गर्नु पर्छ।’

सरकारले सिफारिस गरेर राष्ट्रपति कार्यालयमा पठाएको लामो समय भए पनि अध्यादेश प्रमाणीकरण हुन नसक्दा राष्ट्रियसभा गठनमा ढिला भएको छ । राष्ट्रियसभाको गठनबारे नेपाली कांग्रेस एकल संक्रमणीय तथा नेकपा (एमाले) बहुमतीय प्रणालीका पक्षमा छन् । नेविसंघले राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण गरे नयाँ सरकार गठनको बाटो समेत खुल्ने भन्दै राष्ट्रपति माथि दबाब सिर्जना गर्नु पर्ने आवश्यकता भएको बताएको छ।
अन्नपूर्णबाट

 

Logo