काठमाडौं,१०,पुस

नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचको एकतामा भइरहेको ढिलाइले शंकाको वातावरण बन्न थालेको छ । "/>

राष्ट्रिय सभाको विषयबाट कांग्रेस–एमाले दुवै पछि हट्नु पर्छ : मणि थापा

राष्ट्रिय सभाको विषयबाट कांग्रेस–एमाले दुवै पछि हट्नु पर्छ : मणि थापा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,१०,पुस

नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचको एकतामा भइरहेको ढिलाइले शंकाको वातावरण बन्न थालेको छ । एकता बारेको आशंकालाई मलजल गर्ने काम सरकारमा आलोपालोको कुरा, एमाले महासचिव ईश्वर पोखरेल र माआवादी केन्द्रका दोस्रो तहका नेताका विवादास्पद अभिव्यक्तिले गरिरहेका छन् । यसबारेमा नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य मणि थापाले सरकार निर्माणपछि मात्रै पार्टी एकता हुने बताएका छन् ।

‘सरकार गठन पछि सबै कुरा फाइनल हुन्छ, तर एकताको एउटा कोर्ष चाँहि सरकार गठन भन्दा पहिले नै पुरा हुन्छ’, माओवादी नेताले थापाले भने । उनले प्राविधिको कारणले शनिबार हुन नसकेको एकता संयोजन समितिको बैठक विषयलाई अनावश्यक प्रोपोगण्डा बनाइएको बताए । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउन कांग्रेस र मधेसवादी दलले प्रस्ताव गरेको कुराको पनि थापाले पुष्टि गरे । ‘कांगेस र मधेसवादीले प्रचण्डलाई प्रधानमन्त्री दिने कुरा पनि आएको छ, प्रस्ताव आउने कुरा स्वभाविक नै हो’, थापाले भने, ‘प्रजातान्त्रिक प्रक्रियामा यो कुरा सामान्य हो ।’ थापाले संघीय समाजवादी फोरमलाई वाम गठबन्धनमा ल्याउने प्रयास जारी रहेको बताए ।

उनले राष्ट्रिय सभाको विषयलाई एमाले र कांग्रेस अडानबाट पछाडि हट्नु पर्ने बताए । उनले भने, ‘बीच बाटो खोज्नु पर्छ’, उनले समाधानको विकल्प दिए । ‘राष्ट्रिय सभा गठनलाई कानुनी विषय नबनाई राजनीतिक रुपमा समाधान गर्नुपर्छ,’ थापाले भने, ‘माओवादीको धारणा पनि यही हो । पाँचवटा राष्ट्रिय दल बसेर राष्ट्रिय सभाको विषय समाधान गर्नुपर्छ ।’
अन्नपूर्णबाट

 

Logo