वारेसमार्फत प्रमाणपत्र नपाउने भए रेशम चौधरीले, अबको बाटो के ?

वारेसमार्फत प्रमाणपत्र नपाउने भए रेशम चौधरीले, अबको बाटो के ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

अन्ततः कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित रेशम चौधरीले वारेसमार्फत निर्वाचित भएको प्रमाणपत्र लिन नपाउने भएका छन् ।

नेपाल प्रहरीको फरार सूचीमा रहेका चौधरी राजपा नेपालबाट चुनाव लड्दै कैलाली क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा निर्वाचनमा निवार्चित भएका थिए । चौधरीलाई टिकापुर घटनाको मुख्य आरोपी भन्दै प्रहरीले उनको खोजी गरिरहेको छ ।

फरार अवस्थामा रहेका चौधरीले प्रतिनिधिसभा सदस्यमा निर्वा्चित भएको प्रमाणपत्र वारेसमार्फत पाउनु पर्ने माग गर्दै सर्वोच्चमा रिट दर्ता गएका थिए । तर सर्वोच्च अदालतको अदालत प्रशासनले रिट दरपीठ थियो ।

यता, सर्वोच्च अदालतको अदालत प्रशासनले पनि वारेसमार्फत प्रमाणपत्र पाउँ भनी दिएको रिट दरपीठ गरेको निर्णयलाई सदर गर्ने आदेश सुनाएपछि उनले वारेस मार्फत प्रमाणपत्र लिन नपाउने भएका हुन् ।

उनको रिट दरपीठ गरेपछि परेको निवेदनमा न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले रजिष्टारको आदेश कानुन बमोजिम भएको फैसला सुनाएको छ ।

Logo