राष्ट्रियसभा सम्बन्धी अध्यादेशका विषयमा मधेसी दल र राष्ट्रपतिबीच के कुराकानी भयो ?

राष्ट्रियसभा सम्बन्धी अध्यादेशका विषयमा मधेसी दल र राष्ट्रपतिबीच के कुराकानी भयो ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सम्बन्धी अध्यादेशका विषयमा मधेसी दलहरुसँग आईतबार छलफल गरेकी छिन् ।

शनिबार साँझ नेपाली काँग्रेस र त्यसअघि वाम गठबन्धनसँग अध्यादेशका बारेमा छलफल गरेकि भण्डारीले आइतवार संघीय समाजवादी फोरम नेपालसँग छलफल गरेकि हुन् ।

छलफलमा संघीय समाजवादी फोरम नेपालले राष्ट्रियसभा सम्वन्धी अध्यादेश तत्काल जारी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सुझाव दिएका छन् ।

शीतल निवासमा भएको भेटमा फोरम नेताहरुले भने अध्यादेश नरोक्न सुझाव दिएका हुन् । संघीय फोरमले सरकारले प्रस्ताव गरेको एकल संक्रमणीय मत प्रणालीको समर्थन गरेको छ ।

छलफलका क्रममा एकल संक्रमणीय मत प्रणालीलाई त संविधानले चिन्दैन भन्ने तर्क पनि आएको थियो । तर, फोरम नेताहरुले एकल संक्रमणीय पनि समानुपातिक प्रणाली भएको भन्दै सरकारले अघि सारेको अध्यादेशको समर्थन गरेका छन् ।

जति धेरै दिन अध्यादेश रोक्यो त्यती धेरै नै शेरबहादुर देउवा नेतृत्वको सरकारको आयु बढ्ने मधेसी नेताहरुको तर्क छ ।

Logo