काठमाडौँ, ९ पुुस । पार्टी एकताको आश्वासन दिएर नेकपा एमाले र नेकपा माओवादी केन्द्र ६०/४० को भागवण्डामा निर्वाचनमा सहभागि भएपनि पछिल्लो समय पार्टी एकताको विषय शंकास्पद बनेको छ । "/>

एमाले र माओवादी केन्द्रको एकता कति सम्भव ?

एमाले र माओवादी केन्द्रको एकता कति सम्भव ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, ९ पुुस । पार्टी एकताको आश्वासन दिएर नेकपा एमाले र नेकपा माओवादी केन्द्र ६०/४० को भागवण्डामा निर्वाचनमा सहभागि भएपनि पछिल्लो समय पार्टी एकताको विषय शंकास्पद बनेको छ ।

दुबै पार्टीका नेताहरुको प्राथमिकता नितिभन्दा पनि नेतृत्व हाबी भएपछि एकताको विषय अन्यौलपूर्ण देखिएको हो । पार्टी एकताको विषयमा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समान प्रतिक्रिय दिएपनि दोस्रो र तेस्रो तहका नेताहरुले भने विवादास्पद अभिव्यक्ति दिइरहेका छन् ।

काठमाडौंमा भएको एक पक्रकार सम्मेलनमा ओली र प्रचण्डले पार्टीको अध्यक्ष बन्नका लागी आफुहरु एक नहुने बताएका थिए । सम्मेलनमा अध्यक्षद्वय ओली र प्रचण्डले अध्यक्ष बन्नकै लागी एकता आवश्यक नरहेको आशय व्यक्त गरेका थिए ।

दुवै नेताका कुरालाई सामान्य अर्थमा बुझ्ने हो भने एकतापछिको पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदमा ओली र दाहालबाहेकका नेता हुनेछन् । तर एकता गर्ने भनिए पनि पदीय भागबण्डा नमिलेको सन्दर्भमा ओली र प्रचण्डबाट त्यस्तो जवाफ आएको थियो ।

केही दिन अघि प्रचण्डले एमाले र संघीय समाजवादी फोरम मिलेर सरकार बनाउन लागेको आरोप एमालेमाथि लगाएका थिए । बिचमा एमाले महासचिव ईश्वर पोखरेलले प्रधानमन्त्री, पार्टी अध्यक्ष र संसदीय दलको नेता एउटै हुनुपर्छ भनेर केपी ओलीलाई सबै पद दिनुपर्ने आशयको धारणा सार्वजनिक गरेपछि एमालेकै अर्का नेता माधवकुमार नेपालले त्यसको खण्डन गरेका थिए । नेपालले पार्टी एकतामा अवरोध आउने गरी कुनै पनि कुरा गर्न नहुने एक टेलिभिजन अन्तर्वार्तामा बताएका थिए ।

आइतबार दाङमा भएको कार्यक्रममा माओवादी नेता कृष्ण बहादुर महराले प्रधानमन्त्री र पार्टी अध्यक्ष फरक–फरक व्यक्ति हुनुपर्ने भन्दै ओली र प्रचण्डकोबीचमा पार्टी अध्यक्ष र प्रधानमन्त्रीका लागि भागबण्डा हुनुपर्ने संकेत गरेका छन् । महराले माओवादी र एमालेबीच सम्मानजनक पार्टी एकता हुने बताएका छन् ।

एमाले नेताहरुको प्राथमिकता सरकार गठन रहेको छ भने माओवादी नेताहरुले सरकार गठन र पार्टी एकता सँगै हुनुपर्ने अडान राखेका छन् । शनिवार पार्टी एकता संयोजन समितिको बैठक बस्ने भनिए पनि प्रचण्ड उपस्थित हुन नसकेपछि बैठक स्थगित गरिएको थियो ।

माक्र्सवादी विचारको समान दर्शनमा रहे पनि क्रान्तिको सिद्धान्त र कार्यनीतिका सन्दर्भमा यी दुई शक्तिबीच विगतमा फरकफरक दृष्टिकोण देखिँदै आएको थियो । एक कार्यक्रममा प्रचण्डले सरकारको नेतृत्व ओली र आफुले पालोपालो गर्ने सहमति भएको कुरा उल्लेख गरेका थिए ।

Logo