बहुमतीय प्रणाली मार्फत राष्ट्रियसभा गठन गर्ने सहमति काँग्रेसले उल्टायोः प्रचण्ड

बहुमतीय प्रणाली मार्फत राष्ट्रियसभा गठन गर्ने सहमति काँग्रेसले उल्टायोः प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभा शून्य हुने डरले काँग्रेसले पूर्ववत सहमति उल्टाएको आरोप लगाएका छन् ।

यसअघि सहमतिकै आधारमा बहुमतीय प्रणाली मार्फत राष्ट्रियसभा गठन गर्ने विधेयक राज्यव्यवस्था समितिबाट पास गरिएपनि निर्वाचनको परिणामबाट डराएर काँग्रेसले संक्रमणीय प्रणालीको व्यवस्था राखेर अध्यादेश तयार गरेको बताएका छन् ।

पारित हुनै लागेको विधेयकलाई उल्ट्याएर कांग्रेसले नै विवादको सुरुआत गरेको दाबी गर्दै आइतबार चितवनमा आयोजना भएको कार्यक्रममा अध्यक्ष प्रचण्डले भने ‘यो विवाद छिट्टै समाधान भएर नयाँ सरकार गठन हुन्छ ।’

Logo