राष्ट्रियसभा निर्वाचन अध्यादेशका विषयमा दलहरुको मतभेद उस्तै, बढ्यो राष्ट्रपतिको सक्रियता

राष्ट्रियसभा निर्वाचन अध्यादेशका विषयमा दलहरुको मतभेद उस्तै, बढ्यो राष्ट्रपतिको सक्रियता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ९ पुस ।

राष्ट्रियसभा निर्वाचन सम्बन्धि अध्यादेशका विषयमा दलहरुबीच दुरी बढ्दै गएपछि राष्ट्रपतिले आफ्नो सक्रियता बढाएकि छिन् ।

यसअघि प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गरेकी राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संघीय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरकी हुन् ।

राष्ट्रपतिका प्रेस संयोजक माधव शर्माका अनुसार राष्ट्रियसभा सदस्य निर्वाचन र यसमा दलहरुबीच देखिएको विवादका बारेमा राष्ट्रपतिले आइतवार नै राजपा नेपालका नेतासँग पनि परामर्श गर्ने कार्यतालिका रहेको छ ।

प्रमुख दल काङ्ग्रेस र बाम गठबन्धनका एमाले–माओवादीबीच एकल संक्रमणीय निर्वाचन प्रणाली वा बहुमतीय प्रणाली भन्नेमा विवाद छ ।

दलहरुवीच यो विवषयमा विवाद बढ्दै गएपछि प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएको तीन साता वितेपनि राष्ट्रिय सभा सदस्यको निर्वाचनबारे टुङगो लाग्न सकेको छैन ।

यसबारे सहमति जुटाउन शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको प्रमुख पाँच दलको बैठक विनानिष्कर्ष टुंगिएको थियो ।

Logo