वाम एकताका विषयमा दोस्रो तहका नेताहरुमा मतभेद, कृष्ण महराले यस्तो भने

वाम एकताका विषयमा दोस्रो तहका नेताहरुमा मतभेद, कृष्ण महराले यस्तो भने

केन्द्रबिन्दु
0
Shares

दाङ, ९ पुस ।

प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मत परिणाम सार्वजनिक भएदेखि नै वाम गठबन्धनका दोस्रो र तेस्रो तहका नेताहरुले विभिन्न प्रतिक्रिया दिन थालेका छन् ।

केही दिनअघि एक टेलिभिजन अन्तवार्तामा एमाले नेता ईश्वर पोखरेलले पार्टी अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्री एउटै व्यक्ति हुने प्रतिक्रिया दिएका थिए ।

यता नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले पार्टी एकतापछि पार्टी अध्यक्ष र प्रधानमन्त्री फरक व्यक्ति हुने बताएका छन् । प्रदेशसभा सदस्यमा दाङ २ बाट निर्वाचित महराले मतदाता भेटघाट कार्यक्रममा प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।

पार्टी एकता सम्मानजनक अवस्थामा हुने भन्दै नेता महराले पाँच नम्बर प्रदेशको राजधानी जुनसुकै अवस्थामा पनि दाङमा हुने बताए । भौगोलिक, पर्याप्त पूर्वाधार, प्रशस्त जमिन, सुरक्षा र भौगोलिक समदुरीका हिसाबले दाङ पाँच नम्बर प्रदेशको राजधानी हुन उपयुक्त भएको महराको भनाइ छ ।

Logo