काठमाडौं,९,पुस
अब गठन हुने एमाले नेतृत्वको सरकारसँग हुने सहकार्य उसले मधेस र मधेसी समुदाय प्रति लिने दृष्टिकोणमा निर्भर हुने संघीय फोरम स्रोतले बताएको छ । "/>

हामी अहिले नै ओलीसँग सत्तामा जाँदैनौं :उपेन्द्र यादव

हामी अहिले नै ओलीसँग सत्तामा जाँदैनौं :उपेन्द्र यादव

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,९,पुस
अब गठन हुने एमाले नेतृत्वको सरकारसँग हुने सहकार्य उसले मधेस र मधेसी समुदाय प्रति लिने दृष्टिकोणमा निर्भर हुने संघीय फोरम स्रोतले बताएको छ । एमाले अध्यक्ष केपी ओलीसँग शनिबार गरेको भेटवार्तामा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्ता सञ्चालनका लागि मात्र वाम गठबन्धनले जनादेश पाएको नभएर मधेस र मधेसी प्रति एमालेको दृष्टिकोणमा परिवर्तनको अपेक्षा गरेको बताएका थिए ।

उनले स्थानीय, प्रदेश र संघीय निर्वाचनको परिणाम पछि संक्रमणकाल अन्त्य भएको सन्देशका रूपमा एमालेले अरु दललाई हेर्ने दृष्टिकोणमै परिवर्तन आवश्यक रहेकोमा जोड दिएको संघीय फोरम स्रोतले बतायो । उनको भनार्इ उद्धृत गर्दै स्रोतले भन्यो, ‘ओली जी ताजा जानदेशको सम्मानका लागि पनि संविधान संशोधनमा जानु होस् । संशोधनले देशका अनेकौं ‘डेडलक’ ले निकास पाउने छन् । यसको एउटा प्रत्यक्ष उदाहरण अहिले अवरुद्ध राष्ट्रियसभा निर्वाचन अध्यादेश नै पर्याप्त छ ।’

संघीय फोरमका वरिष्ठ नेता अशोक राईले जनताको ताजा जनादेशले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको जिम्मेवारी सुम्पिएको अवस्थामा ओली र यादवबीच भेट हुनु स्वाभाविक रहेको बताए । ‘ताजा जनादेशले पाँचवटा दललाई विशेष जिम्मेवारी दिएकाले उनीहरूको सहमतिमा देश अघि बढ्नु पर्छ’, उनले भने , ‘सत्तामा बस्ने मात्र नभएर प्रतिपक्षमा बस्ने पनि सत्ताकै अंग हुने हुँंदा एमाले अध्यक्षसँगको भेटलाई सत्ता भागबण्डाका रूपमा नबुझौं । संघीय फोरम अहिले सत्तामा जाँंदैन ।’
अन्नपूर्णबाट

Logo