काठमाडौं,९,पुस
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालका कम्युनिस्टहरू एक हुनुको विकल्प नभएको बताए । "/>

एक्लै बहुमत आएको भए एमाले टाढिने सम्भावना थियो : प्रचण्ड

एक्लै बहुमत आएको भए एमाले टाढिने सम्भावना थियो : प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,९,पुस
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालका कम्युनिस्टहरू एक हुनुको विकल्प नभएको बताए । नवलपुरको कावासोतीस्थित माओवादी केन्द्रको पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले उक्त धारणा व्यक्त गरेका हुन् । आफ्नै प्रस्तावमा वाम गठबन्धन बनेको र सोही गठबन्धन अनुसार पार्टी एकता हुने भएकाले ढुक्क रहन उनले आफ्ना कार्यकर्तालाई आवश्वासन दिए । ‘एक्लै बहुमत आउन सक्ने अवस्था हुँदा एमाले पार्टी एकताबाट टाढिन सक्ने सम्भावना रहन्थ्यो,’ अध्यक्ष दाहालले भने, ‘यतिखेर एमाले एकता प्रति सकारात्मक छ ।’

उनले माओवादी केन्द्र जता गयो त्यतै सरकारका लागि बहुमत पुग्ने भएकाले अहिलेको शक्तिकेन्द्र माओवादी भएको दाबी समेत गरे । उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेसवादी दलहरूसँग मिलेर सरकार बनाउन खोजे पनि बहुमत नपुग्ने भएपछि वाम गठबन्धनको पार्टी एकता गर्नुको विकल्प नभएको उल्लेख गरे ।

त्यस्तै राष्ट्रिय सभा गठनका लागि उनले मंगलबारको बैठक पनि आफैंले डाकेको तर सहमति जुट्न नसकेको बताए । ‘एकल संक्रमणीय प्रणालीमा जाँदा राष्ट्रिय सभामा पाँच दलको प्रतिनिधित्व हुने र बहुमतीय प्रणालीमा जाँदा वामगठबन्धनको मात्र प्रतिनिधित्व हुने देखिन्छ,’ अध्यक्ष दाहालले भने, ‘वाम गठबन्धनलाई फाइदा हुने भए पनि एकल संक्रमणीय प्रणालीमा गएर सबै दलको प्रतिनिधित्व गराउनु पर्छ भन्ने मेरो भनार्इ हो ।’
राजधानीबाट

 

Logo