काठमाडौं,९,पुस
निर्वाचनमा गठबन्धन गरी पार्टी एकता गर्ने निर्णय गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच पार्टी एकताको औपचारिक पहल सुरुसँगै सिद्धान्तभन्दा नेतृत्वमा बढी विवाद देखिएको छ । "/>

वाम एकता : सिद्धान्त भन्दा नेतृत्वमा बढी विवाद

वाम एकता : सिद्धान्त भन्दा नेतृत्वमा बढी विवाद

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,९,पुस
निर्वाचनमा गठबन्धन गरी पार्टी एकता गर्ने निर्णय गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच पार्टी एकताको औपचारिक पहल सुरुसँगै सिद्धान्तभन्दा नेतृत्वमा बढी विवाद देखिएको छ । दुवै पार्टीका नेता सिद्धान्तमा भन्दा एकीकृत पार्टी तथा सरकारको नेतृत्व कसले र कसरी गर्ने भन्ने विवादमा छन् । एकताको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लचक देखिएका छन् । तर दोस्रो तहका नेता भने आपसमा विवादास्पद अभिव्यक्ति दिइरहेका छन् ।

ओली र दाहाल एकले अर्कालाई नेतृत्व सहजै छोड्न समेत लचक छन् । तर दोस्रो तहका नेताले भने आफ्नै दलबाट नेतृत्व गरिनु पर्ने अभिव्यक्ति दिँदै आएका छन् । एकताको क्रममा आलोपालो नेतृत्व गर्ने, सामूहिक नेतृत्व गर्ने वा एक पार्टीले सरकार र अर्को पार्टीको नेतृत्वमा पार्टी संगठन चलाउने भन्ने विषयमा नै छलफल बढी केन्द्रित बनेको छ । दोस्रो तहका नेताहरू विवादित अभिव्यक्तिमा केन्द्रित भइरहँदा एकताका लागि गठित पार्टी एकता संयोजन समितिको शनिबार बस्ने तय भएको बैठक समेत बस्न सकेन ।

राजधानीमा आयोजित कार्यक्रममा एमाले सचिव प्रदीप ज्ञवालीले शनिबार नै संयोजन समितिको बैठक बस्दै गरेको सार्वजनिक गरेका थिए । माओवादी नेताहरूका अनुसार माओवादी केन्द्रका अध्यक्ष दाहाल काठमाडौं बाहिर रहेका कारण उच्चस्तरीय बैठक बस्न नसकेको बताइएको छ । पार्टी एकताका पक्षमा दुवै पार्टीका दोस्रो तहका नेता भने शंकालु समेत देखिएका छन् । पार्टी एकतापछि आफ्नो पोजिसन, आगामी राजनीतिक भविष्य तथा कतिपयका व्यक्तिगत स्वार्थमा जोडघटाउ गरेकाले पनि दोस्रो तहका नेताहरू पार्टी एकतामा सशंकित देखिएको पाइएको छ ।

तेस्रो तहका नेताहरू भने पार्टी एकताको सहयोगी भूमिकाका रूपमा प्रस्तुत भएका छन् । उनीहरू तत्काल पार्टी नेतृत्व तहमा नपुग्ने र एकता हुँदा नहुँदा पार्टी पोजिसनमा खासै फरक नपर्ने भएर पनि पार्टी एकतामै बढी केन्द्रित छन् । दुवै पार्टीका तल्लो तहका कार्यकर्ताहरू भने पार्टी एकताका पक्षमा नै जोड दिइरहेका छन् । सामाजिक सञ्जाल देखि सञ्चार माध्यम हुँदै कार्यकर्ता भेटघाटमा समेत उनीहरू एकताका पक्षमा दबाब दिइरहेका छन् ।
राजधानीबाट

Logo