म्यादी प्रहरी मृत्यु घटनाको छानविन: मन्त्री शाही

म्यादी प्रहरी मृत्यु घटनाको छानविन: मन्त्री शाही

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, ८ पुस । विना विभागीयमन्त्री महेन्द्रबहादुर शाहीले यही पुस ७ गतेका दिन कालिकोटको सदरमुकाममा म्यादी प्रहरी विवेक ऐडीको दुःखद मृत्यु र आधा दर्जन जति घाइते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

उनले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी यस्तो दुःखद घटना हुुनुका कारण पत्ता लगाइ दोषीमाथि कारबाही गर्न माग गरेको छ । सान्नी त्रिवेणी, चार तिकुवाका हरि ऐडीका २१ वर्षीय छोरा मृतक विवेक ऐडीको घर परिवारलाई उचित राहत तथा क्षतिपूर्ति र घाइतेलाई यथाशीघ्र उपचारको व्यवस्था गरिदिन नेपाल सरकारसँग माग गर्दछु, विज्ञप्तिमा उल्लेख  छ । 

विज्ञप्तिमा मृतक ऐडीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको घरपरिवार तथा सम्पूर्ण आफन्तजनमा समवेदना उल्लेख छ । यस दुःखद घडीमा सबै पक्ष संयमित भई जिल्लाको शान्ति सुुरक्षालाई थप उत्तेजित पार्ने स्थिति नहोस् भनी सम्बन्धित पक्षलाई सचेत रहनसमेत विज्ञप्तिमार्फत उनले सबैमा आग्रह गरे । रासस

Logo