एमालेको समानुपातिक सूची: ५३ बाट ३ जना छानिदै, को को हुन् भाग्यमानी ? (नामावलीसहित)

एमालेको समानुपातिक सूची: ५३ बाट ३ जना छानिदै, को को हुन् भाग्यमानी ? (नामावलीसहित)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता ।

काठमाडौं, ७ पुस । मंसिर १० र २१ गते भएको प्रतिनिधि तथा प्रदेश सभाको चुनाव सकिएसँगै समानुपातिकतर्फको सांसदहरुको नाम सार्वजनिक हुने तयारी भइरहेको छ । निर्वाचनमा सबै दलका गरी समानुपातिकमा कूल ११० जना सांसद छनोट हुने भएको छ ।

चुनावी मतपरिमाणअनुसार समानुपातिकतर्फ जम्मा पाँच दलले मात्र सिट पाउने भएको छ । समानुपातिकतर्फ सबैभन्दा बढी नेकपा एमाले सिट पाएको छ । निर्वाचनमा एमालेले कूल समानुपातिक सांसदबाट ४१ सिट पाएको छ ।

यसैगरी पार्टीमा भएकाे कूल सांसदको ३३ प्रतिशत महिला बनाउनुपर्ने संवैधानिक नियम बमोजिम एमालेले समानुपातिकबाट पाएकाे ४१ सांसदमा जम्मा ३ जना पुरुष सांसद बनाउन पाउने भएकाे छ । 

५३ जनामध्ये सांसद हुन पहिलो प्राथमिकता कलष्टर अनुसारको पहिलो नम्बरमा नाम हुने पुरुषको सम्भावना रहने छ । एमालेबाट ३ जना पुरुष  कलष्टर अनुसार जनजाति कलष्टरको पहिलो नं. विजय सुब्बा, खस आर्य कलष्टरबाट मुकुन्द न्यौपाने थारु, हनुमान चौधरी दलीतमा राप्रीत पासवान मधेसी समुदायबाट मोती दुग्ड मुस्लीममा समिम मिया अन्सारी पिछडिएको क्षेत्रमा मोहन बाँनियाको नाम पहिलो नम्बरमा रहेको छ ।

यी ५३ जना जसवाट छानिदै छन ३ जना

आदीवासी/जनजाती
विजय सुब्बा तेह्रथुम
खगेन्द्र राई खोटाङ
केशवलाल श्रेष्ठ चितवन
अइन्द्रसुन्दर नेम्वाङ पाँचथर
चुडादेव सिंह लामा घिसिङ रामेछाप
तिलकुमार मेयाङ्बो ताप्लेजुङ
एकबहादुर राना तनहुँ
मणिकुमार सुब्बा लिम्बु ईलाम
सोनाम ग्याल्जेन शेर्पा सोलुखुम्बु
झगबहादुर थापा मगर कास्की
भोजबिक्रम बुढा मगर प्युठान
भद्रसिंह बुढामगर सल्यान
जयन्द्र सिह ऐतवाल दार्चुला
कान्छा लामा तामाङ धादिङ
नरेन्द्रकुमार श्रेष्ठ मोरङ
दलबहादुर गुरुङ कास्की

 क्षेत्र खस आर्य
मुकुन्द न्यौपाने काठमाण्डौ
सोमनाथ प्यासी कास्की
पुष्पराज क“डेल धादिङ
देवराज घिमिरे झापा
एकनाथ ढकाल गोरखा
घनेन्द्र बस्नेत भोजपुर
दिनेशचन्द्र देवकोटा गोरखा
बद्धिबहादुर रायमाझी अर्घाखा“ची
बद्रीप्रसाद न्यौपाने सर्लाही
दिनेशचन्द्र सुवेदी कैलाली
प्रमेशकुमार हमाल काठमाण्डौ
रामचन्द्र शर्मा अधिकारी नवलपरासी
हरिदत्त जोशी बैतडी
भिमलाल पौडेल गुल्मी

पिछडीएको क्षेत्र खस आर्य
मोहन बा“निया मुगु
लालबहादुर रावल बझाङ
मिनबहादुर शाही कालिकोट

थारु
हनुमान चौधरी थारु कैलाली
मझीलाल थारु थनेत नवलपरासी
भुदेवप्रसाद चौधरी बारा

दलीत
रामप्रीत पासवान सप्तरी
ईश्वर बहादुर विश्वकर्मा दोलखा
बोमबहादुर विश्वकर्मा अर्घाखा“ची
गणेशबहादुर विश्वकर्मा कैलाली
निर्मल देउला काठमाण्डौ
रामकिशुन मण्डल सिराहा
तुलसीप्रसाद पासी नवलपरासी

मधेसी
मोतीलाल दुगड मोरङ
गंगाप्रसाद यादव सप्तरी
मेघराज नेपाली निषाद पर्सा
दिनेशचन्द्र यादव बा“के
धर्मनाथ यादव सिराहा
श्रीप्रसाद साह धनुषा
छठूप्रसाद यादव बारा
पर्शुराम यादव सुनसरी

मुस्लिम
समिममिया“ अन्सारी रौतहट
सिराज अहमद फारुकी कपिलवस्तु

 

Logo