‘टाइम पास’ बन्यो बालुवाटार बैठक, दलहरुको आ-आफ्नै टक्का

‘टाइम पास’ बन्यो बालुवाटार बैठक, दलहरुको आ-आफ्नै टक्का

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता  ।

काठमाडौँ,७ पुष । प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेको राष्ट्रिय दलहरुको बैठक बिना निष्कर्ष टुंगिएको छ । राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश र नयाँ सरकार निर्माणका बिषय छलफल भए पनि कुनै निष्कर्षमा पुग्न नसकेको बैठकमा सहभागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

काँग्रेसले राष्ट्रपतिसमक्ष पठाएको विधेयक स्वीकृत नगरेसम्म अरु प्रकृया अगाडि नबढाउने अडान लिएका थिए भने बाम गठबन्धनले संविधानमा एकल संक्रमणको व्यवस्था नरहेको बताएका थिए । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संबिधानमै ब्यबस्था नभएको अडान काँग्रेस राखेपछि कुरा नमिलेको प्रतिक्रिया दिए ।

बैठकमा प्रधानमन्त्री देउवाले नयाँ सरकार गठनका लागि आफु तयार भएको र त्यसका लागि राष्ट्रपतिकहाँ अड्किएको बिधेयक पारित हुनुपर्ने बताएका थिए ।

Logo