सर्वदलीय बैठक सुरु, चुनाब हार्ने र जित्नेहरुको जमघट

सर्वदलीय बैठक सुरु, चुनाब हार्ने र जित्नेहरुको जमघट

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता ।  

काठमाडौँ, ७ पुष ।  प्रधानमन्त्री शेर बहादुर देउवाले डाकेको सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ  । प्रधानमन्त्री देउवाले भर्खरै सम्पन्न निर्वाचनबाट राष्ट्रिय दलको मान्यता पाएका ५ दलको बैठक डाकेका हुन्  ।  

राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशलाई लिएर वाम गठबन्धन र नेपाली कांग्रेसबीच मतभेद देखिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमलाई छलफलको लागि डाकेका हुन् । 

सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको राष्ट्रियसभा सदस्य निर्वाचन विधेयकमा पनि दलबीचमा विवाद छ। सत्तारुढ गठबन्धन एकल संक्रमणीय निर्वाचन प्रणालीका आधारमा राष्ट्रियसभा गठनको पक्षमा छ। भने, वाम गठबन्धन बहुमतीय प्रणालीको पक्षमा छ।   

बैठकमा शेरबहादुर देउवा, केपी अाेली, प्रचण्ड, माधव नेपाल, सुवास नेम्वाङ, बिमलेन्द्र निधि, कृष्ण सिटौला, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा “बादल”, उपेन्द्र यादव र महन्त ठाकुर सहभागी छन्।

Logo