राजधानी माग्दै मैनबत्ती जुलुस

राजधानी माग्दै मैनबत्ती जुलुस

केन्द्रबिन्दु
0
Shares

जितपुर, ७ पुस । प्रदेश नं ५ को राजधानी कपिलवस्तुलाई बनाउनुपर्ने माग गर्दै बिहीबार साँझ सदरमुकाम तौलिहवामा मैनबत्ती जुलुस प्रदर्शन गरिएको छ । 

युवा, बुद्धिजीवि, राजनीतिक दलका प्रतिनिधि, व्यापारीले ५ नं प्रदेशको राजधानी कपिलवस्तु नै बनाउनुपर्ने माग गर्दै बजार परिक्रमा गरेका थिए । भगवान् गौतम बुद्धको ऐतिहासिक ठाउँ, भौगोलिक, सांस्कृतिक र पर्यटकीय हिसाबले पनि राजधानीका लागि अतिउत्तम जिल्ला रहेको भन्दै दबाबस्वरुप प्रदर्शन गरेका हुन् । 

दाङ र बुटवल राजधानी बनाउने विषयमा तीव्र विवाद भएको र यसको उत्तम विकल्प कपिलवस्तु नै भएकाले पनि प्रादेशिक राजधानी यहीँ नै हुनुपर्ने उनीहरुले माग राखेका छन् ।रासस

Logo