शेखर कोइरालाको माग: केन्द्रीय समितिको बैठक अविलम्ब बोलाऊ

शेखर कोइरालाको माग: केन्द्रीय समितिको बैठक अविलम्ब बोलाऊ

केन्द्रबिन्दु
0
Shares

विराटनगर, ७ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको केन्द्रीय समितिको बैठक अविलम्ब बोलाउन माग गरेका छन् । 

विराटनगरमा आज कोइराला निवासमा आयोजित पत्रकार भेटघाटमा उनले निर्वाचनमा पार्टीको पराजयका विषयमा विस्तृत रुपमा छलफल गर्न र आगामी दिनमा महासमितिको बैठक बसाउनका लागि सो बैठक आवश्यक रहेको स्पष्ट पारे । 

उन अहिले पार्टीको संरचनालाई बलियो बनाउनका लागि प्रत्येक प्रदेशको साङ्गठनिक संरचना बनाउनुपर्ने विषयमा जोड दिँदै उहाँले अब पार्टीको सङ्गठन टोल–टोलसम्म पु¥याउनुपर्ने विषयमा जोड दिए । 

पार्टीभित्रैबाट अन्तर्घात भएका कारण आफु निर्वाचनमा पराजित भएको प्रसङ्ग उल्लेख गर्दै उन त्यस्ता अन्तर्घात गर्नेहरुलाई राजनीतिक रुपमा बहिष्कार गर्नुपर्ने आवश्यकता औँल्याए । पत्रकारको जिज्ञासामा उन काँग्रेस अब पाँच वर्षसम्म बलियो विपक्षीको भूमिका निर्वाह गर्दै पार्टीको सङ्गठनमा बढी केन्द्रित हुने स्पष्ट पारे । 

पार्टीको महाधिवेशनमा पार्टी सभापति पदका लागि उठ्ने चर्चाको सम्बन्धमा उनले भने ‘आफु राजनीतिक मान्छे भएकाले ईच्छा राख्नु स्वाभाविक हो ।” रासस

Logo